भर्खरै :

विश्व आतङ्कवादको नाइके संरा अमेरिका

भक्तपुर, २९ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर ५ नं वडा (साविक ११ वडा) समितिले आइतबार किसान भेला सम्पन्न ग¥यो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य एवं सांसद सुरेन्द्रराज गोसाईंले विश्व आतङ्कवादका नाइके संरा अमेरिका नै रहेको चर्चा गर्नुभयो ।
नेपालका कम्युनिष्ट नामधारी शासक दलहरू कम्युनिष्ट नभएको जिकिर गर्दै सांसद गोसाईंले संरा अमेरिकी साम्राज्यवादले क्युवा, सिरिया, लिविया, इराक, अफगानिस्तानलगायत देशमा भइरहेको हस्तक्षेपविरुद्ध नेमकिपाले सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
क्युवाली समाजवादी व्यवस्थाको लागि चौतर्फी प्रतिकुल समयमा पनि कामदार वर्गको नेतृत्वमा रहेको क्युवाले सांसद गोसाईंले भूकम्प पीडित नेपाली जनताको सेवा गर्न क्युवाली चिकित्सकहरू नेपालमा आएको स्मरण गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरका अध्यक्ष गोविन्द दुवालले वर्गसङ्घर्षबाट मोही हक कायम गर्न नसकेको भए किसानहरूको जीवनस्तर उठाउन अझै कठिन हुने बताउनुभयो । बाजेको नाममा कायम भएको मोही जग्गाको हदबन्दी देखाएर नातीको नाममा नामसारी गर्न आनाकानी गर्नाले मोही किसान मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष दुवालले जनताको हक अधिकारको लागि नेमकिपाले कानुनी तथा गैरकानुनी सङ्घर्ष गर्दै आएको छ भन्नुभयो ।
नेक्राकिसङ्घ भक्तपुर नगर अध्यक्ष गंगाराम ज्याख्वले रंगशालाको नाममा स्थानीय किसानहरूलाई विस्थापन गर्न खोज्नु निन्दनीय छ भन्नुभयो ।
नेक्राकिसङ्घ भक्तपर ५ नं वडा (साविक ११ वडा) समितिका अध्यक्ष बलराम न्हिसुतुको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्णगोपाल राजचल, मन्जु छुकां र नारायणभक्त भेलेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *