भर्खरै :

कीर्तिपुर नगरपालिकाको प्रतिनिधिमण्डल भक्तपुरमा

भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले भेट ग¥यो ।
भेटमा प्रमुख प्रजपातिले भक्तपुरमा सम्पदा संरक्षण र विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत जनसहभागितामा बताउनुभयो । भ.न.पा का सबै आर्थिक गतिविधिहरू विभिन्न माध्यमबाट पारदर्शी गर्दै आएको विचार राख्दै उहाँले विभिन्न निर्माण कार्यमा योगदान पु¥याउने उपभोक्ता समितिका पदाधिकारीहरूलाई उत्साहित गर्न सम्मान गर्दै आएको बताउनुभयो । उहाँले भेटघाट र अनुभवहरूको आदानप्रदानले जनप्रतिनिधिहरूले काम गर्न सहज हुने बताउनुभयो ।
कीर्तिपुर नगरपालिकामा नयाँ आवास योजना सञ्चालन गर्न भक्तपुर नगरपालिकाले सम्पन्न गरिसकेका आवास योजनाहरूको अनुभवहरू बुझ्न भक्तपुर आएको बताउँदै कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले भक्तपुर नगरपालिकाको अनुभवले कीर्तिपुरमा आवास योजना सञ्चालन गर्न विशेष सहयोग पुग्ने बताउनुभयो । उहाँले कीर्तिपुरमा २९०० रोपनी जग्गामा हाल जग्गा एकीकरण आवास योजना सञ्चालन गर्न व्यवस्थापन उपसमितिसमेत गठन भइसकेको अवस्थामा के कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा भक्तपुरबाट सिक्न चाहेको बताउनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित तुमचो दुगुरे आवास योजनाका प्रमुख इ. ओमहरि था र देको मिवा इतापाके आवास योजनाका प्रमुख इ. दिलभक्त जयनाले योजनासम्बन्धी प्रस्तुति गर्नुभएको थियो । भेटमा भ.न.पा.का उपप्रमुख रजनी जोशी, कीर्तिपुर नगरपालिकाका वडा अध्यक्षहरू राजेन्द्र महर्जन, राजेन्द्र बानिया, गंगाराम महर्जन र वरिष्ठ इन्जिनियर बालकृष्ण महर्जनको पनि उपस्थिति थियो । भेटघाटपछि प्रतिनिधिमण्डलले तुमचो दुगुरे र लिबाली जग्गा एकीकरण आवास योजना, ख्वप इन्जिनियरिङ कलेजलगायतको स्थलगत अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *