भारतको राजधानीमा ब्रिक्स नेताहरूको बैठक सुरु
- भाद्र २७, २०८३
जर्मनीको एक जना विद्यार्थीलाई चीन छोड्न भनिएको मुद्दामा पश्चिमा देशहरूले निकै चर्चा–परिचर्चा गरिरहेका छन् । प्राप्त खबरअनुसार चीन छोड्न भनिएका विद्यार्थी चीनको सिङ्ग्वा विश्वविद्यालयमा पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तह अध्ययन गरिरहेका २४ वर्षका डेभिड मिस्साल हुन् । पत्रकारिता कक्षामा उनले तीन वर्षअघिदेखि चिनियाँ कानुनअनुसार अनुसन्धानमा रहेका एक जना चिनियाँ उग्र वकिल र उनको परिवारबारे समाचार प्रस्तुत गरेका थिए । उनले आफ्नो उक्त गृहकार्य इन्टरनेटमा पनि अपलोड गरेका थिए । चिनियाँ प्रशासनले उनको प्रवेशाज्ञा खारेज ग¥यो र आगामी अगस्ट १२ भन्दा अघि नै चीन छोड्न आदेश दियो ।
एक जना सरकारविरोधी वकिलको संवदेनशील विषयमा एक जना विद्यार्थीले सोधखोज गर्नु चीनको लागि असहज हुनु स्वाभाविक हो । तर जर्मनीको लागि भने यो विषयमा निकै स्वाभाविक लागिरहेको छ । जर्मनी त उल्टो चिनियाँ कानुनमाथि हिलो फालिरहेको छ । यो विवादको मूल जरो भनेको दुई वटा समाजले एकअर्काको कानुन र राजनीतिबारे बुझाइमा रहेको भिन्नता नै हो । त्यसकारण दुई पक्षबीच मुस्किलले कुनै सहमतिको बिन्दु होला ।
मास्साल चीनमा पढिरहेका छन् तर उनको व्यवहार चीनको कानुनविपरीत छ भने कसको कुरा प्रमुख हुनुपर्दछ ? स्वभावतः यो चिनियाँ कानुनको क्षेत्राधिकारभित्रको विषय हुनुपर्दछ ।
यदि मास्साल जर्मनीमा पढिरहेको एक जना चिनियाँ विद्यार्थी हुँदो हो त त्यत्तिबेला चिनियाँ जनताले उसलाई जर्मनी कानुन लगाउनुपर्ने कुरा स्वीकार्ने थिए । विडम्बना केही जर्मन र पश्चिमा मानिसहरू चीनभित्र पनि चीन र पश्चिमा देशबीच कुनै विषयमा मुद्दा परे उनीहरूकै कानुन प्रधान हुनुपर्ने विचार राख्छन् । उनीहरू यसरी सोच्छन् किनभने उनीहरू आफ्नो कानुन नै विश्वव्यापी भएको मान्यता राख्छन् ।
रोचक कुरा, पछिल्लो केही समययता पश्चिमा देशले चीनमाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप र घूसपैठ गरेको आरोप लगाउने गर्दै आएको छ । यसरी हल्ला गर्नेमा जर्मनी सबभन्दा अघि छ । पश्चिमा देशमा बरोबर चिनियाँ विद्यार्थीलाई गुप्तचर भएको शङ्का गर्ने गरेको छ । चिनियाँ विद्यार्थीलाई चीन सरकारको हतियारको रुपमा व्यवहार गर्ने गरेको छ । यसरी शङ्काको भरमा धेरै चिनियाँ विद्यार्थीले पश्चिमा देशमा आफ्नो अध्ययन छोड्नुपरेको धेरै उदाहरण छन् । कति चिनियाँ विद्यार्थीले त्यो परिस्थितिको सामना गर्नुप¥यो कुनै लेखाजोखा छैन ।
आज जर्मनीमा तिब्बती स्वाधीनता पक्षधर शक्ति वा सिन्च्याङ्ग स्वाधीनता शक्तिविरुद्ध लड्नु निकै खतरनाक भइरहेको छ । कसैले यो विषयमा कुनै संवेदनशील सूचनाको खोजी गरे उसलाई शिकार बनाइन सक्छ । जर्मनीको आफ्नै कानुन छ र चिनियाँ विद्यार्थीले सामान्यतः त्यसको उल्लङ्घन गरिरहेको छैन ।
पश्चिमा मिडियाले यतिबेला निकै लज्जाजनक व्यवहार गरिरहेका छन् । उनीहरू आफ्नै विषयमा कुनै मुद्दा उठे बाहिरी विश्व कसैले पनि त्यसबारे केही बोलेको उनीहरू मन पराउँदैनन् । उनीहरू जब आफ्ना सडकमा धेरै धेरै चिनियाँ मानिस देख्छन्, उनीहरूलाई आफ्नो आन्तरिक मामिला र मूल्य मान्यतामा खतरा भएको महसुस हुन थाल्छ ।
तर जब चीनको मुद्दा उठ्छ, पश्चिमाले भनेकै कुरा उनीहरूलाई सही लाग्ने गरेको छ । उनीहरूको लागि पृथ्वी पनि चेप्टो बनिदिनुपर्ने हुन्छ र पश्चिमा मूल्य मान्यता मात्र बिना रोकतोक फैलिनुपर्दछ ।
मस्सालसँग चीनको बारेमा निकै कममात्र जानकारी भएको देखिन्छ । उनले चीनबाट केही कुरा सिक्नै नचाहेको जस्तो देखिन्छ । उनको व्यवहार र टिप्पणी हेर्दा उनले चीनको राजनीति र कानुनका तर्कबारे केही बुझ्न चाहेका छैनन् । न त चिनियाँ जनताको धैर्य र शालिनताबारे बुझ्न चाहेका छन् । उनी अझै पनि भर्खरका छन् । उनलाई हामीले धेरै प्रश्नको वर्षा गर्नु उचित नहोला ।
यो विषयमा चीनले कुनै गल्ती गरेको छैन । चीनले आफ्नो कानुनअनुसारको व्यवहार ग¥यो । तर पश्चिमा देशले प्रष्टतः आफ्नो प्रभुत्ववादी सोच लाद्न खोज्यो ।
ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply