भर्खरै :

क्युवामा प्रजातन्त्रको अभ्यास

सोमबारबाट क्युवाली जनताले गएको जुलाईमा क्युवाली संसद–राष्ट्रिय सभाबाट पारित नयाँ संविधानको मस्यौदामाथि बहस थालेका छन् । नयाँ संविधानमाथिको छलफलमा लाखौं लाख क्युवाली जनताले भाग लिनेछन् । जनतामा आधारित क्युवाली प्रजातन्त्रको यो सबभन्दा उच्चस्तरको प्रयोग हो । नयाँ संविधानमाथिको बहसको थालनी भने क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको जन्म दिवससँग जुधेको छ ।
क्यारिवियाली देश क्युवाका राष्ट्रनायक फिडेल क्यास्ट्रोको ९३ औं जन्म दिवसकै दिन नयाँ संविधानमाथिको जनस्तरमा बहसको थालनी गर्नु अर्थपूर्ण पनि मानिएको छ । क्युवाका पन्ध्र हजार कार्यकर्ता सोमबारदेखि सुरु गरेर आगामी नोभेम्बर महिनासम्म नयाँ संविधानको मस्यौदामाथि जनताको धारणा बुझ्न जनसभा र भेलाको आयोजना गर्नमा व्यस्त रहनेछन् । उनीहरूले २२४ वटा दफा भएको संविधानको मस्यौदाबारे जनतालाई बुझाउँदै जनविचार सङ्कलन गर्नेछन् । अहिलेको संविधानमा भन्दा नयाँ प्रस्तावित संविधानमा ८७ वटा नयाँ दफा छन् । प्रस्तावित मस्यौदामा ११ शीर्षक, २४ पाठ र १६ खण्ड छन् ।
नयाँ संविधानको उक्त मस्यौदामा क्युवाको समाजवादी राजनीतिक बन्दोबस्तलाई अझ बलियो बनाइएको छ । क्युवाली कम्युनिष्ट पार्टीको भूमिका विस्तार गरिएको छ । राज्य संयन्त्रमा पनि केही परिवर्तन गरिएको छ । मानवअधिकारको विषयलाई जोड दिइएको छ । आतङ्कवादको भत्र्सना र बहुलवादको प्रवद्र्धनजस्ता सिद्धान्तलाई संविधानमा संस्थागत गर्न खोजिएको छ ।
जनतासँग राय सल्लाह सुझाव सङ्कलन गरिसकेपछि राष्ट्रिय सभाले जनताका प्रस्तावमाथि विमर्श गर्नेछ र तिनलाई पनि समेटेर नयाँ प्रस्ताव तयार गरिनेछ । उक्त प्रस्तावमाथि भने जनमत सङ्ग्रह हुनेछ ।
नयाँ प्रस्तावमा समाजवादी कानुनी राज्यको अवधारणालाई अघि सारिएको छ । त्यसले संवैधानिक सर्वोच्चताको रुपमा विधिको शासन र कानुनी राज्यलाई बलियो बनाउनेछ । यो नयाँ प्रस्तावमा जनताको समाजवादी सम्पत्तिको आधारभूत सिद्धान्तमा आधारित आर्थिक बन्दोबस्त प्रस्ताव गरिएको छ । यो बन्दोबस्तमा उत्पादन र योजनाका प्रमुख आधार भने राज्यकै मातहतमा रहे पनि राज्यभन्दा पर बजारको भूमिकालाई स्वीकारिएको छ । यसले नयाँ प्रकारको सम्पत्तिलाई पनि मान्यता दिने प्रस्ताव गरेको छ ।
क्युवाको प्रस्तावित नयाँ संविधानले नागरिक अधिकारलाई विस्तार गरेको छ । साथै कुनै पनि विभेदविरुद्ध लड्ने प्रतिबद्धता अझ बलियो गरी उठाएको छ । यसले ‘विवाह’ को नयाँ परिभाषा अघि सारेको छ । महिला र पुरुषबीच नै मात्र विवाह हुने पुरानो परिभाषालाई यसले बदल्न खोजेको छ । वर्ण, लि·, जातिका आधारमा हुने विभेदलाई अन्त्य गर्ने हालको संविधानमा उल्लेखित प्रावधानलाई फराकिलो बनाएर नयाँ प्रस्तावित संविधानले लि·, लि·ीय पहिचान, यौनिक झुकाव, आदिवासी मूल र शारीरिक अक्षमता आदिका आधारमा हुने विभेदलाई पनि अन्त्य गर्ने प्रावधान समावेश गरेको छ ।
फिडेल क्यास्ट्रोले क्युवाको अवस्थामा परिवर्तन ल्याएका पाँच बाटा–साक्षरता, अनिवार्य र निःशुल्क शिक्षा, शून्य बाल कुपोषण, निःशुल्क स्वास्थ्य र खेलकुदको अधिकारलाई नयाँ प्रस्तावित संविधानमा पनि समावेश गरिएको छ ।
क्युवाली युवा नाडिया हर्नान्डेजका अनुसार यो अभ्यास जतिको उत्तम सम्मान फिडेलप्रति अरु हुन सक्दैन । यस्तो राजनीतिक अभ्यासले सन् १९५९ बाट क्युवामा सुरु भएको सामाजिक र मानवीय अभियानलाई जीवन्त राखेको छ । सन् १९५९ मा फिडेल क्यास्ट्रोले नेतृत्व गरेको क्युवाली क्रान्तिले संरा अमेरिकी आड प्राप्त बाटिस्टाको तानाशाही सरकारलाई पराजित गरेको थियो ।
‘क्रान्तिले संविधान बनाउन सकेन । क्रान्तिले संस्था जन्माउन सकेन । सिद्धान्त सृजना गर्ने काम क्रान्तिले गर्न सकेन । त्यसकारण यो प्रस्तावित नयाँ संविधान जनअनुमोदन गरे पश्चात संविधानका हरेक भावनालाई पूरा गर्न लगातार र गहिरोसँग लड्नेछौं ।’, सन् १९७६ मा क्युवाली संविधानको घोषणामा फिडेल क्यास्ट्रोले भनेका थिए ।
टेलिसुर
नेपाली अनुवादः सुदर्शना श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *