भारतको राजधानीमा ब्रिक्स नेताहरूको बैठक सुरु
- भाद्र २७, २०८३
तेहरान, इरान, २९ साउन (एएफपी) । अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताउनुभएको छ ।
इरानमा हाल देखिएका समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिबन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दाबी छ ।
खामेनीको प्रतिक्रियाले इरानमा व्याप्त महँगी, भ्रष्टाचार र इरानी मुद्रा लिराको अवमूल्यनका कारण इरानी राष्ट्रपति हसन रौहानीलाई परेको समस्यामा इन्धन थप्ने काम गरेको छ ।
अमेरिकाले सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने र पुनः प्रतिबन्ध लगाउने घोषणापछि इरानले अमेरिकी राष्ट्रपतिद्वारा प्रस्ताव गरेको नयाँ वार्तालाई अस्वीकार गर्ने निश्चित प्रायः देखिएको छ ।
प्रतिबन्धबाहेक उनीहरूले युद्ध र वार्ता कुराहरू गरिरहेका छन् । यसबारे उनीहरूलाई आफ्नो ट्वीटर पेजमार्फत मैले केही भन्नु छ, “अहिलेको अवस्थामा अमेरिकासँग न त युद्ध हुन्छ न वार्ता नै ।”
इरानले नयाँ पुस्ताको छोटो दुरीको क्षेप्यास्त्रको प्रदर्शन गर्दै इरानले देशको क्षेप्यास्त्र क्षमतालाई वृद्धि गरी अघि बढ्ने रक्षामन्त्री अमिर हतामीले गरेको प्रतिबद्धताप्रति पनि खामेनीले विरोध जनाउनुभएको छ ।
इरानको राज्य सञ्चालित टेलिभिजन आइआरआइबीले नयाँ पुस्ताको फातेह मोविन नामक क्षेप्यास्त्रको हालै सफल परीक्षण गरिएको छ । फातेह मोविनले जमिन र समूद्रमा प्रहार गर्न सक्छ ।
संस्थापन पक्षका उच्च तहको नेतृत्वसहित कैयौं इरानीहरूको बुझाइमा अमेरिकाद्वारा इरानविरुद्ध गरेको आर्थिक प्रतिबन्धले इरानको समस्यालाई केही हदसम्म प्रभावित पारेको भए पनि देशमा व्याप्त भ्रष्टाचार तथा गलत राजनीतिक एवम् आर्थिक व्यवस्थापन प्रमुख समस्या हुन् ।
Leave a Reply