भर्खरै :

कालीकोटको चिठी

कालीकोट जिल्लाको राजनैतिक गतिविधिमा सत्तापक्ष र प्रतिपक्ष भन्ने किसिमको कुनै फरक छैन । नेपाली काङ्ग्रेस, रा.प्र.पा. भागबण्डामा व्यस्त छन् । उनीहरू सत्तापक्षको विरोध ग¥यो भने उपभोक्ता समितिमा बस्न नपाइएला, बिल मिलाउन नपाइएला भन्ने किसिमको चिन्तामा देखिन्छन् । त्यहाँ सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीको हालीमुहाली छ । ३ नगरपालिका र ६ गाउँपालिकामा १ वटामा नेपाली काङ्ग्रेसको बाहेक अन्य सबै स्थानीय निकायमा नेकपाको वर्चश्व छ । जिल्ला समन्वय समितिमा त्यसबेलाको माओवादी केन्द्र (नेकपा) को एकलौटी छ । स्थानीय तहको चुनावमा गरेको लगानीको साँवाव्याज असुल गर्ने गरी काम भइरहेको जिल्लाका जानकारहरूको भनाइ छ ।
पार्टी एकीकरणपछि जिल्ला तहमा पदीय भागबण्डा मिलाउन जिल्लाका नेताहरू केन्द्रमा लबिङ गर्न राजधानीका होटलहरूमा डेरा जमाई महिनौदेखि बसिरहेका छन् । नेपालमा पहिले सबै नेपाली पञ्च भन्ने पञ्चहरूको उद्घोष थियो त्यही स्थिति अहिले नेकपाको छ ।
पछिल्लो समयमा गाउँघरको स्थिति बिग्रेको देखिन्छ । पैसा भएमा सबथोक हुन्छ भन्ने भावनाको विकास भइरहेको छ । जिल्लाका नेता कार्यकर्ता जनताका मत पाएर विदेश र सहर धाइरहेका छन् ।
कालीकोटमा डोजर आतड्ढ चलिरहेको छ । बाटो खन्ने नाउँमा गाउँपालिका र नगरपालिकामा सरदर सबै वडालाई पुग्ने गरी डोजर प्रयोग गरिरहेकोे अवस्था छ । निश्चित योजना बनाई बाटो बनाउने काम भएको छैन । वडा अध्यक्षले आ–आफ्नो वडाको भन्दै जथाभावी बाटो खनिरहेको अवस्था छ । पैसा खानकै लागि त्यो विकासको नाउँमा भइरहेको हो ।
कालिकोटका स्थानीय जनता

Leave a Reply

Your email address will not be published. Required fields are marked *