यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ३० साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले भेट ग¥यो । भेटमा प्रमुख प्रजापतिले स्थानीय इतिहास र पुरातत्वको अध्ययन अनुसन्धान गरी मौलिक स्वरुप र शैलीको संरक्षण गर्नुपर्ने र स्थानीय जनतालाई चेतना प्रदान गरी टोखाको प्राचिन मौलिकता जोगाउने कार्य गरेमा सफल हुने सुझाव दिनुभयो । टोखाजस्तो ऐतिहासिक सहरहरूको स्थानीय मौलिकता जोगाउन र पुनर्जीवित गर्न सकिएमा यो पर्यटन उद्योगको आधारको रुपमा विकास हुने सम्भावना रहेको विचार व्यक्त गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुरको स्थानीय नेवारी भाषा र लिपी संरक्षणको लागि पाठ्यक्रम तयार गरी शिक्षकहरूलाई तालिम प्रदान गरिएको जानकारी गराउनुभयो । निजी घरहरूको मौलिकता जोगाउन गत आर्थिक वर्षमा मात्रै ११ जना घरधनीहरूलाई रु.२१ लाख ५२ हजार अनुदान दिइएको स्मरण गर्दै स्थानीय जनतालाई प्रोत्साहित गर्न सकेमा संरक्षण कार्य सफल हुने विचार व्यक्त गर्नुभयो । केही दिन अगाडि काठमाडौं उपत्यकाका ५ वटा पुराना नगरपालिकाका प्रमुखहरूको बैठकले ऐतिहासिक सम्पदाहरू मौलिक स्वरुपमा पुनर्निमाण गर्न निर्णय गरेको जानकारी दिनुभयो । स्थानीय तहहरूले स्थानीय जनसहभागीतालाई प्राथमिकता दिई कार्य गर्न सकेमा सफल हुने बताउनुभयो ।
भेटमा टोखा नगरपालिकाका उपप्रमुख डंगोलले भक्तपुरको ऐतिहासिक सम्पदा संरक्षणको अनुभवबाट सिक्न चाहेको र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र सदुपयोगबारे भक्तपुरको अभ्यास बुझ्न भेट गर्न आएको बताउनुभयो ।
भेटघाट कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाअध्यक्षहरू हरिराम सुवाल, लक्ष्मीप्रसाद ह्यौमिखा, टोखा नगरपालिकाका सुनिता महर्जन, मणिराज डंगोल, कुमार रंजित र विजय डंगोलको पनि उपस्थिति थियो । 
यसैबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले भेट ग¥यो । भेटमा प्रमुख प्रजापतिले सम्पदा संरक्षण कार्यमा पुरातत्व विभाग र नगरपालिकाले गर्ने कार्यमा दोहोरोपन नआउने गरी संरक्षणको सबै जिम्मा स्थानीय तहलाई दिनुपर्ने जोड दिंदै दरबार क्षेत्रको कला सङ्ग्रहालय भवन नगरपालिका आफैले पुनःनिर्माण गर्न लागेको जानकारी दिनुभयो ।
चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख शाहीले चामुण्डा नगरपालिकाले पनि शिक्षालाई विशेष महत्व दिई स्थानीय पाठ्यक्रम तयारी गरीरहेको र भक्तपुर नगरपालिकाबाट शिक्षा स्वास्थ्य र सम्पदा संरक्षण ारे सिक्न चाहेको विचार व्यक्त गर्नुभयो । भेटमा चामुण्डा नगरपालिकाका वडाअध्यक्ष निरकबहादुर साही, शेरबहादुर रावल, बजिरसिंह विक र जयप्रसाद तिमिल्सेनाको पनि उपस्थिति थियो । भेटपछि प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज र दरवार क्षेत्रमा निर्माणाधिन सम्पदाहरूको स्थलगत अवलोकन भ्रमणसमेत गरेको थियो ।
Leave a Reply