तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर । नेपाल क्रान्तिकारी किसान सङ्घ भनपा वडा नं. ४ एकाइ समितिको आयोजनामा मङ्गलबार किसान भेला भयो । उक्त भेलामा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले नेमकिपाले स्थापनाकालदेखि नै किसानहरुको समस्या सम्बोधन गर्दै गतिविधि अगाडि बढाउँदै आइरहेको बताउनुभयो । नेक्राकिसङ्घले माक्र्सवादी–लेनिनवादी दर्शन र माओ त्सेतुङ विचारधाराअनुसार जनताको सेवा गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, ‘सबभन्दा ठूलो धर्म भनेको अरुलाई अन्याय र शोषण नगर्नु हो ।’
पार्टीका अग्रजहरुको योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुने र अग्रजहरुले देश र जनताको लागि गर्दै आएको सङ्घर्षबारे नयाँ पुस्तालाई दीक्षित बनाउँदै लानुपर्नेमा उहाँले जोड दिनुभयो । नेक्राकिसङ्घ भनस अध्यक्ष गङ्गाराम ज्याख्वले विकासको नाममा आदिवासी जनतालाई विस्थापित गर्न नपाइने उल्लेख गर्दै अन्तर्राष्ट्रिय रङ्गशाला भक्तपुरमा भन्दा उपत्यका बाहिर निर्माण गरेमा देशको समानुपातिक विकास हुने विचार राख्नुभयो । स्थानीय न्हुछेराम भेलेको सभापतित्वमा भएको उक्त भेलामा भनपा वडा नं. ४ का वडा अध्यक्ष कुमार चवाल, किसान अगुवा रणबहादुर छुस्याकी र विजय लोहलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply