नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
सोल, ३० साउन (एएफपी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन प्रजग कोरियाली सर्वाेच्च नेता किम जोङ उनसँग भेटघाट गर्न तयार हुनुभएको छ । पुटिनले छिट्टै किमसँग भेटघाट गर्नुहुने प्रजग कोरियाली सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् ।
पुटिनले प्रजग कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा निमन्त्रण गर्नुभएको छ ।
प्रजग कोरियाली नेता किमले भने यस निमन्त्रणाबारे कस्तो प्रतिक्रिया देखाउनुहुन्छ प्रष्ट भएको छैन । कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाउनुभएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिनुहुने आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।
“जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल गर्न तयार छौं,” राष्ट्रपति पुटिनको भनाइ उद्धृत गर्दै प्रजग कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । तर सन्देशमा भेटघाटको यकिन मिति भने दिइएको छैन ।
दक्षिण कोरियाको पनि सहभागितामा आपसी समन्वयसहितको त्रिकोणीय परियोजनाको थप विकास हुने पुटिनले आशा गर्नुभएको छ ।
किमले पनि पुटिनलाई सन्देश पठाउनुभएको छ, तर पत्रमा पुटिनको निमन्त्रणाको विषयमा किमले कुनै प्रतिक्रिया दिनुभएको छैन ।
कोरियाली प्रायःद्वीपमा शिघ्ररुपमा कूटनीतिक सम्बन्ध सामान्य हुनुको पछाडि किमले दुई पटकसम्म दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटघाट गर्नु तथा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाट रहेको बताइन्छ ।
Leave a Reply