यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ३१ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर सैनिक आवासीय महाविद्यालयका प्रमुख सेनानी (सम्पर्क अधिकृत) देवबहादुर क्षेत्रीले भेट गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुरको रानीपोखरीको पुनःनिर्माण र व्यवस्थापनको लागि भक्तपुर नगरपालिकाले नक्सा डिजाइनको काम गरिरहेको बताउनुभयो ।
उहाँले रानीपोखरी र त्यसको वरपर प्रजापति समुदाय र अन्य विभिन्न समुदायका जनताले बर्सेनि देवाली पूजा गर्दै आएको हुँदा रानीपोखरीको पुनःनिर्माणले सुन्दरता बढ्नेछ भन्नुभयो । न.पा.का प्राविधिकहरूलाई आवश्यक सहयोग गर्न प्रमुख प्रजापतिले प्रमुख सेनानीको ध्यानाकर्षण गर्नुभयो । सिद्धपोखरी उत्तरको खेलमैदानलाई विगतमा जस्तै बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म फूटबल प्रशिक्षणको लागि खुला गर्ने २०५५ साल असार ४ गते बलाधिकृत रथी प्रज्ज्वल शमशेर राणासँग भएको सम्झौता कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।
छलफलमा सैनिकको स्वामित्वमा रहेको च्वङा गणेशदेखि भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको सीमासम्मको ५८४ रोपनी क्षेत्रमध्ये स्थानीय जनताको आस्था र संस्कृतिसँग जोडिएको च्वङा गणेश क्षेत्र र रानीपोखरी क्षेत्रलगायतलाई सार्वजनिक कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्दिर र पोखरी क्षेत्रको सैनिकको स्वामित्वमा रहेको जग्गा सार्वजनिक कायम गर्न नीतिगत निर्णय गर्नुपर्ने भएकोले रक्षा मन्त्रालयसँग आवश्यक सल्लाह भइरहेको प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
छलफलमा प्रमुख सेनानी क्षेत्रीले सम्पर्क अधिकृतको हैसियतले प्रस्तावप्रति आफू सकारात्मक रहेको र प्राप्त सुझाव र पत्रको व्यहोरालाई सम्बन्धित माथिल्लो निकायमा पु¥याएर खबर गर्ने बताउनुभयो ।
भाज्या पोखरीको मन्दिर पुनः निर्माण कार्यदल गठन
भक्तपुर नगरपालिकाले निर्माणाधीन भाज्या पोखरीस्थित मन्दिरबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार गते बसेको बैठकले प्रा.डा. पुरूषोत्तम लोचन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका अन्य सदस्यहरूमा दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रमुख मोहनसिंह लामा, राष्ट्रिय कलासङ्ग्रहालय प्रमुख सरस्वती सिंह, इतिहासविद् विश्वमोहन जोशी, भ.न.पा. सम्पदा उपशाखाका इ. सूर्यभक्त खर्बुजा र सदस्य सचिव आ.इ. रामगोविन्द श्रेष्ठ रहनुभएको छ ।
बैठकले कार्यदललाई एक महिनाको समयावधि तोकेको छ र कार्यदलले आवश्यक कार्यविधि आफै बनाउन सक्ने निर्णय गरेको छ ।
मुलुकी संहिताबारे अभिमुखीकरण
मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गरी भदौ १ गतेबाट लागू हुने मुलुकी संहिता (ऐन) २०७४ का मुख्य मुख्य प्रावधानहरूको सम्बन्धमा भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार एक अभिमुखीकरण कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने र कानुन थाहा भएन भन्दैमा कानुनी दायित्वबाट उन्मुक्ति नपाउने हुँदा जनप्रतिनिधि र कर्मचारीहरूले नयाँ संहितामा भएका प्रावधानहरू आफूले अध्ययन गरी सर्वसाधारण जनतालाई समेत जानकारी दिई दैनिक कार्य सम्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
स्रोतव्यक्तिका रूपमा भक्तपुर जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले देवानी कानुनका सैद्धान्तिक पक्षहरूको बारेमा प्रकाश पार्नुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले सो संहितामा समेटिएका पारिवारिक कानुनअन्तर्गत अंशबण्डा, विवाह, सम्बन्ध विच्छेद, अपुताली, धर्मपुत्रसम्बन्धी व्यवस्थाहरूको सम्बन्धमा सहभागीहरूलाई जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, शाखा प्रमुखहरू, वडा सचिवहरू र प्रशासन सहायकहरूको सहभागिता थियो । कार्यक्रममा सहभागीहरूलाई मुलुकी देवानी संहिता (ऐन) २०७४, मुलुकी अपराध संहिता ऐन २०७४ लगायतका पुस्तक वितरण गरिएको थियो ।
Leave a Reply