यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १ भदौ । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समिति ५ नं. वडा समिति (छालिङ) को आयोजनामा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भदौ ९ को विरोध तथा भत्र्सना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेंभक्त फोजूले नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्रको मारमा भक्तपुरमात्रै नभई देशैभरिका कामदार जनता परेको बताउँदै त्यस्तो राज्य आतड्ढ फेरि पनि दोहोरिन सक्ने भएकोले जनता सचेत हुनुपर्ने बताउनुभयो । नेक्राविसङ्घका पूर्वअध्यक्ष नीरज लवजूले नेमकिपाले पञ्चायतभित्रै गएर पञ्च सरकारको गलत गतिविधि उदाङ्ग्याउने काम गरेको कारण राज्यस्तरबाट षड्यन्त्र रचिएको बताउनुभयो ।
सूर्यबहादुर फोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।
Leave a Reply