भर्खरै :

“राजनैतिक सत्ता बन्दुकको नालबाट उठ्छ” के यो नारा हो ?

हाम्रा केही नेपाली उत्ताउला कम्युनिष्टहरू माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई समर्थन गर्ने नाउँमा अति बढाइ–चढाइ गरी त्यस क्रान्तिकारी सिद्धान्तलाई मूर्खताको सीमासम्म पु¥याउने कोसिस गर्छन् । तिनीहरू सा¥है उत्ताउला भएर के के न पाएको जस्तो अथवा के के न नयाँ कुराको आविष्कार गरेको जस्तो सम्झँदै, फलाक्दै हिंड्छन्–राजसत्ता बन्दुकको नालबाट उठ्छ ।
तर हाम्रा उत्ताउला साथीहरूलाई के थाहा हुनुपर्छ भने सत्ता बन्दुकको नालबाट उठ्छ भन्ने भनाइ नारा होइन, यो त ऐतिहासिक अनुभव हो, जुन भनाइलाई अध्यक्ष माओले १९३८ तिर जापानविरोधी संयुक्त मोर्चामा चिनियाँ कम्युनिष्ट पार्टीको स्वतन्त्र अगुवाइ कायम गर्ने र लालसेना र लाल इलाका नराखी सबै च्याङ काई सेकलाई सुम्पने वाङमिङहरूको दक्षिणपन्थी खोटहरू खण्डन गर्ने सिलसिलामा ऐतिहासिक अनुभवको निचोडको रुपमा प्रस्तुत गर्नुभएको थियो । हाम्रा उताउला कम्युनिष्टहरूको फलाकाइले त्यस ऐतिहासिक सारको महत्वलाई न त घटाउन सक्नेछ न त त्यसलाई अनर्थै पार्नसक्नेछ । यहाँ बन्दुकको अर्थ पल्टन, सेना, लालइलाका र जनता हो ।
अध्यक्ष माओले भन्नुभएको भनात्mै नेपालीमा पनि एउटा उखान छ–जसको तरवार उसको दरवार । दास मालिक र सामन्त राजाहरूकै बीचको सत्ता उल्टाउँदा सामन्त वर्गले तरवार वा हतियार र पल्टनको प्रयोग गरेका थिए । दास मालिकहरू र सामन्त राजाहरूकै बीचको सत्ता खोस्ने भिडन्तमा पनि तरवार र पल्टनकै प्रयोग हुन्थ्यो । पुँजीपति वर्गले तोप र बन्दुककै भरमा सामन्ती राज्यसत्तालाई उल्टाएका थिए र सत्ता कब्जा गरेका भिए । सर्वहारा वर्गले पनि १९१७ मा बन्दुक या पल्टनकै भरमा इतिहास पहिलो सर्वहारा राज्य सत्ता स्थापना ग¥यो । नेपालमा शाहवंशले बन्दुककै भरमा मल्ल राजाहरूको सत्ता जितेको थियो । राणाहरूले पनि बन्दुककै भरमा शाहहरूको सत्ता हत्याएर १०४ वर्षसम्म हुकुम चलाएका थिए । २००७ सालमा बन्दुककै भरमा राणा शासन उल्टाएको थियो । बन्दुककै नालको भरमा २०१७ सालमा राजा महेन्द्रले देशको सत्ता आफ््नो हातमा लिएका थिए ।
अध्यक्ष माओले जापानविरोधी लडाइँताका चिनियाँ कम्युनिष्ट पार्टी, लालसेना र लालइलाकालाई भङ्ग गरेर सबै शक्ति च्याङ काई शेकलाई सुम्पने आत्मसमर्णवादी र दक्षिणपन्थी खोटहरूबारे छ्यास्नुभएको थियो । राजनैतिक सत्ता बन्दुकको नालबाट उठ्छ भन्ने तर्क राजसत्ताको एक ऐतिहासिक सार हो । त्यसमा कुनै विवाद छैन । जसले त्यस कुरालाई अस्वीकार गर्छ, त्यसले राजसत्ताको सारलाई अस्वीकार गर्छ । तर हाम्रा उत्ताउला कम्युनिष्टले अध्यक्ष माओको त्यस तर्कलाई शोषक वर्गलाई तर्साउने एक नाराको रुपमा प्रयोग गर्दै आएको देखिन्छ । सामन्त र पुँजीपति वर्गलाई त्यो कुरो उताउला साथीहरूले सिकाउनु पर्ने कुनै कारण छैन, किनभने त्यो कुरो सामन्त र पुँजीपति वर्ग आफैँलाई थाहा छ र उनीहरूले प्रयोग गर्दै पनि आएका छन् । यसकारण शोषक वर्ग तर्साउन त्यो तर्क फलाक्नु एक केटाकेटीपनबाहेक केही होइन । प्रश्न त यहाँ त्यस तर्क, उक्ति, ठम्याइ, सूत्र वा मन्त्रलाई फलाकेर हिंड्ने वा गाएर हिंड्ने कुरो हो वा त्यस सारलाई गम्भीरतापूर्वक व्यवहारमा लागू गर्ने तयारीमा लाग्ने हो भन्ने नै हो । क्रान्तिको महान् जिम्मेवारीलाई बोकेर त्यसलाई आफ्नो आजुसम्मै पु¥याएर बिसाउने गम्भीरता लिएको कुनै पार्र्टी र गुटले अध्यक्ष माओको त्यस महान उक्तिलाई कदापि बिर्सनु हुँदैन । युद्धको विजय वा हार हुने कुराको निर्णय जनताले गर्छन् । एउटा दुइटा नयाँ हतियारले होइन । जनताले निर्र्णय गर्छन् भन्नुको अर्थ हो राजनैतिक रुपले एकगठ भएर उठेका जनता बिनायुद्ध वा क्रान्तिमा विजय पाउँदैनन् । जनतालाई राजनैतिक रुपले सङ्गठित गर्नुपर्दछ । एक एक पाइला गरेर तिनीहरूलाई राजनैतिक रुपले सङ्गठित गर्नुपर्दछ । यहाँ हामी जनताबाटै लिएर जनतालाई नै दिने सिद्धान्तलाई नै लागू गर्छौ अर्थात् हामी जनताकै बीचमा गएर तिनीहरूको समस्यालाई बुझ्छौं, सेवा गर्छौ र फेरि त्यही विषयलाई लिएर सङ्घर्ष गर्न जनताको माझमा जान्छौँ । यहाँ एक दुई जना वर्ग शत्रु मार्ने र बन्दुक लुट्ने मुख्य उद्देश्त्न्दा लाखौं लाख जनतालाई क्रान्तिको निम्ति एकगठ गर्नु र उठाउनु छ । सूत्र फलाक्दैमा र उत्तालिएर हिंड्दैमा जनता सङ्गठित हुन्छन् भन्ने कुरा होइन । दुई चार जना पढे लेखेका युवकहरूले फलाक्दैमा वा साच्चिकै बाबु र माष्टर बनेर उपदेश दिएर हिंड्दैमा क्रान्ति हुन्छ भन्ने कुरो होइन । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा फलाक्याइँ र उत्ताउल्याइँ होइन बरु क्रान्तिको निम्ति लाखौं लाख जनतालाई राजनैतिक र सङ्गठित रुपले उठाउने एक सैद्धान्तिक हतियार हो । त्यो क्रान्तिकारी विचारधारा एक–दुईजना वर्ग शत्रु मार्ने र एक दुइटा बन्दुक वा राइफलमात्रै खोस्ने सिद्धान्तको रुपमा लिने होइन, बरु क्रान्ति गर्न बन्दुक बोक्न लाखौं जनतालाई सङ्गठित पार्ने र उठाउने एक सैद्धान्तिक हतियार हो । त्यस हतियारले जनतालाई राजनैतिकरुपले सङ्गठित गर्न मद्दत दिन्छ । सङ्गठित जाँगरिला लाखौंलाख जनता नै बारुद र बन्दुकको मुख्य सो्रत हुनेछन् । सङ्गठित जाँगरिला लाखौं जनताको बन्दुक र बारुदले मात्र फेरि लाखौंलाख जनतालाई उठाउनेछन् र संसारलाई फेर्नेछन् । यसकारण अहिले हाम्रो पहिलेको समस्या जनतालाई सङ्गठित गर्न राजनैतिक कार्य गर्नु छ । त्यही राजनैतिक कार्यले जनता र बन्दुक तयार गर्नेछ । अनि त्यही जनता र बन्दुकले फेरि पार्टी कार्यकर्ता, धेरै धेरै बन्दुक, जनता र क्रान्तिलाई निर्माण गर्नेछन् ।
स्रोत ः लर्काे बुलेटिन नं. ३, २०५७ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *