भर्खरै :

भी. एस. नैपालका पाँच उत्कृष्ट कृति

 उर्वशी बहुगुणा
भी. एस. नैपाल स्वयंमा एक शब्द थिए । कोट्जी, मुराकामी वा इशिगुरोजस्तै । आफ्नो समयमा उनी सर्वाधिक लेखकहरूमध्ये पर्दछन् । कहिलेकाहीं उनलाई जीवित ‘महान् लेखक’ को रुपमा लिने गरिन्छ । उनले लेखेका उपन्यासहरू बीसौं शताब्दीकै सबभन्दा महत्वपूर्ण उपन्यास मानिन्छन् । उनका अत्यन्त उत्कृष्ट उपन्यासमध्ये बेन्ड इन द रिभर र द हाउस फर मिस्टर विश्वास हुन् । पंकज मिश्रले नैपालको ‘इण्डियाः अ मिलियन म्युटिनिज नाउ’ कृति आधुनिक भारतकै सबभन्दा प्रभावशाली पुस्तक मानेका छन् ।
नैपाललाई सन् १९७१ मा बुकर पुरस्कारबाट पुरस्कृत गरियो । त्यतिबेला उनी ३९ वर्षका थिए । सन् २००१ मा उनलाई साहित्यतर्फको नोवेल पुरस्कारद्वारा पुरस्कृत गरियो । उनी त्यतिबेला ६९ वर्षका थिए । सन् १९६१ मा उनले सोमरसेट मौघाम जिते । त्यो पुरस्कार जित्ने उनी युरोपबाहिरका प्रथम लेखक थिए । वर्षौंसम्म मिचिको काकुतानीले न्यु योर्क टाइम्समा उनका कृतिमाथि समीक्षा लेख्दै गरे । काकुतानीका उत्कृष्ट समीक्षाले साहित्य वृत्तमा नैपालको प्रतिष्ठा अझ उँचो बनायो । भारतभरिका विश्वविद्यालय र निजी विद्यालयहरूमा वर्षौंसम्म नैपालको कृतिहरूको पढाइ भइरह्यो ।
नैपालको यो साता दुःखद् निधन भयो । उनको सम्झनामा उनले लेखेका तीसभन्दा बढी आख्यान र गैरआख्यानमध्ये पाँच वटा उत्कृष्ट कृतिबारे चर्चा गरेका छौं । प्रस्तुति कृतिहरू मूलतः युद्धोत्तर र उत्तर उपनिवेशवादी साहित्यका नमुना कृति हुन् ।
मिगुएल स्ट्रिट(१९५९)
मिगुएल स्ट्रिट नैपालले लेखेको पहिलो कृति हो । तथापि यो कृति प्रकाशित हुनुपूर्व नै उनको अरु दुई उपन्यास प्रकाशित भइसकेका थिए । उनको प्रकाशकले नाम चलिनसकेको लेखकको कथासङ्ग्रह प्रकाशित गर्न नमानेकाले यो कृति उनको तेस्रो प्रकाशित कृति बन्न पुग्यो । मिगुएल स्ट्रिट लेखकको पहिलो कृति भएको त्यसको लेखन शैलीमा प्रतिबिम्बत भएको छ । यसको विषयवस्तु हलुका छ । उनले त्यसमा बेलायती उपनिवेशकालीन त्रिनिडाडमा आफूले बिताएको बाल्यकालका प्रस·को चर्चा गरेका छन् । स्पेन बन्दरगाहमा अवस्थित मिगुएल बजार एउटा उपेक्षित ठाउँ थियो । सन् १९३० र ४० को दशक, जब नैपालले आफ्नो बाल्यकालको समय भोगिरहेका थिए, यो बस्तीमा विभिन्न जातजातिका मानिस बसोबास गर्ने गर्थे । उखरमाउलो गर्मी, झोपडपट्टीको बस्ती, आदिवासी गीतहरू र वरपरका छिमेकबीचको आत्मीय सम्बन्धलाई यो किताबमा नैपालले सङ्ग्रहित गरेका
छन् ।
अ हाउस फर मिस्टर विश्वास (१९६१)
नैपालका सर्वाधिक रुचाइएको उपन्यासमध्येको अ हाउस फर मिस्टर विश्वास उनले आफ्नो पिताको प्रेरणामा लेखेका थिए । यसको कथावस्तु पनि त्रिनिडाडमै आधारित छ । यो उपन्यास मिस्टर विश्वासको कथामा बुनिएको छ । मिस्टर विश्वास एक जना गरिब मजदुरका छोरा हुन् । एकपछि अर्को घरमा पाहुनाको रुपमा बसेर वाक्कदिक्क भएको उनी कतिबेला आफ्नै घर हुने सपना बुनेर बसेका हुन्छन् । समयान्तरमा उनको सम्पत्ति बढ्दै जान्छ । उनको चाहना पनि क्रमशः बढ्दै जान्छ । उनको आफ्नै घर बनाउने सपना पनि टाढा टाढा बन्दै जान्छ । यो कृतिका मुख्य पात्र तेजु कोलले लेखेका लेखाइले भने नैपालको प्रतिभाको गहिराइ उजागर गरेको पाउनेछौं ।
इन अ फ्रि स्टेट(१९७१)
नैपाललाई दुई कथासङ्ग्रह, एउटा र दुई यात्रा वृत्तान्त सङ्ग्रहित कृतिले बुकर पुरस्कार दिलाएको थियो । उनको सो कृतिमा नैपालले राज्य र नागरिककै सापेक्षमा जनताले भोग्ने स्वतन्त्रताबारे चर्चा गरेका छन् । आधुनिक संस्थाहरूले कतिबेलासम्म आफ्नो शक्ति कायम राख्न सक्दछ ? के आधुनिक उपनिवेशमुक्त समयमा स्वतन्त्रता दिन मिल्छ वा केही मानिसलाई सुविधामात्र दिने हो ? नैपालले कृतिमा स्वतन्त्रताको खतरनाक प्रकृतिबारे चर्चा गरेका छन् ।
अ बेन्ड इन द रिभर (१९७९)
यो उपन्यासको पहिलो वाक्य हो, ‘विश्व त्यही हो जहाँ कुनै गतिशीलता नभएको मानिस वा जसले आफूलाई कुनै गति लिने अनुमति दिंदैन, उसलाई कुनै ठाउँ छैन ।’ उपन्यासमा भारतीय मूलका एक जना मुस्लिम पूर्वी अफ्रिकामा गएको हुन्छ । अफ्रिकाको मध्तगमा रहेको यो सहर एउटा नदीको घुमाउनेमा अवस्थित हुने गर्दछ । सलिम नामको त्यो व्यापारीले बाहिरबाट सामान ल्याएर त्यो सहरका मानिसलाई बेच्ने गर्दछ । भारतमा भएको साम्प्रदायिक द·ाका कारण उनी पूर्वी अफ्रिका पुग्छन् । त्यहाँ पनि काला र गोरा मानिसबीच सीमित धन र शक्तिको लागि सङ्घर्ष हुने गर्दछ । यो उपन्यासमा उपनिवेशबाट मुक्तिपश्चात् कसरी नयाँ देशहरूले आफूले आफैलाई ध्वस्त बनाए भन्ने विषयमा केन्द्रित छ ।
इण्डियाः अ मिलियन म्युटिनिज नाउ (१९९०)
‘एन एरिया अफ डार्कनेस’ को विवादपश्चात् झण्डै २६ वर्षपछि नैपालले भारतका विभिन्न क्षेत्रमा मानिससँग गरिएको कुराकानीमा आधारित भएर एउटा भारतसम्बन्धी पुस्तक लेखे । पुस्तकमा उनले भारतका राजनीतिज्ञ, पुजारी, धार्मिक अतिवादी, पूर्वआतड्ढवादी, दलित नेता, कारिन्दा, चलचित्र निर्मार्ता, व्यापारी आदि विभिन्न क्षेत्रका मानिससँग कुराकानी गरेर त्यसको संवाद उतारेका छन् । पाका र अझ जिज्ञासु नैपालका प्रस्तुतिले भारतको बदलिंदो क्षितिजलाई सतहमा ल्याएको छ । उनले पुस्तकमा भारतलाई लाखौंलाख विद्रोहबीच अघि बढिरहेको देशको रुपमा चित्रण गरेका छन् ।
स्रोतः स्क्रोल.आइएन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *