तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर काण्ड गरेर पञ्चायती व्यवस्थाका शासकहरूले आफ्नो अन्त्य नजिक्याएको बताउनुभयो ।
शनिबार पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा सम्पन्न ‘भक्तपुर काण्ड ः भत्र्सना तथा विरोध कार्यक्रम’ मा अध्यक्ष बिजुक्छेंले भक्तपुर काण्डमा जेल पर्दासमेत कहिल्यै निराशाको अनुभूति नगरेको बताउनुभयो ।
उहाँले जेल जीवन स्वयं एउटा राजनीतिक पाठशाला बनेको चर्चा गर्दै जेलमा रहेका राजनीतिक र अन्य मुद्दाका बन्दीहरूसित चाँडै मित्रता कायम भएको र मुद्दाको सामना गर्न सहयोग मिलेको बताउनुभयो ।
बागमती विशेष अदालतमा अभियोग लागेकाहरूको बचाउ पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले प्रमाण र तर्कको आधारमा भक्तपुर काण्ड राज्य स्वयंले रचेको षड्यन्त्र र सरकारको लाचारी सावित गरिदिएको स्मरण गर्दै तत्कालीन नेमकिसङ्गठनमाथि लगाइएको आरोप सावित हुनैसक्दैनथ्यो भन्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले सड्ढटमा शत्रु र मित्र चिनिएको बताउँदै भक्तपुर काण्डको बेला धेरैले भित्री हृदयबाटै र कतिपयले नैतिक सड्ढटका कारण भक्तपुर काण्डका बन्दीहरूको पक्ष लिनुपरेको बताउनुभयो ।
उहाँले वाममोर्चामा रहेका वामपन्थी वा कम्युनिष्ट भनाउँदाहरू क्रमशः पुँजीवादी पार्टीमा पतन हुनु देशकै विडम्बना भएको उल्लेख गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘निर्दलीय पञ्चायती व्यवस्थाले नेमकिपाविरुद्ध रचेको भक्तपुर काण्डको विरोध गरेका कतिपय मानिसहरू बहुदलीय व्यवस्था पुनःस्थापनापछिका सरकारको प्रत्यक्ष र परोक्ष पदमा पुगे तर पञ्चायतले जस्तै जनतामाथि शासन र शोषण गरे । यसले बेइमान गर्ने मौका नपाएर इमानदार भएको पुष्टि ग¥यो ।’
उहाँले नेमकिपाले पञ्चायतविरुद्धको आन्दोलनमा झैं अहिले पुँजीवादी पार्टीहरूविरुद्ध सङ्घर्ष केन्द्रित गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले ‘भक्तपुर काण्ड र २०४६ सालको जनआन्दोलन’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सभापतिको आसनबाट बोल्दै नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले भक्तपुर काण्डको अवधिमा भएका भूमिगत गतिविधिबारे चर्चा गर्नुभयो । घट्नाक्रमले भक्तपुर काण्ड राज्यस्तरको षड्यन्त्र प्रमाणित भएको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा डा. राजुभाइ त्यातले ‘भूमिगत रूपमा भएका गतिविधिहरू’, ‘प्रकाश थुसाले ‘हिरासतको यातना र जेल जीवन’, अनिता जधारीले ‘भक्तपुर काण्डको सड्ढटका सहयोगीहरू’, सुजन माकले ‘राज्य आतड्ढ र मतियारहरू’, राजेन्द्र चवालले ‘भक्तपुर काण्ड किन षड्यन्त्र हो र किन गरियो ?’ तथा सविन ख्याजूले ‘पञ्चायती व्यवस्था र तत्कालीन राजनीतिक अवस्था’ विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो ।
कार्यक्रममा नेमकिपा भजिसका सदस्य पाण्डव सुवालले पनि बोल्नुभएको थियो ।
त्यस्तै भक्तपुर काण्डको विषयमा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले राजनीतिक कार्यकर्ताको चिनारी व्यवहारले हुने चर्चा गर्दै सङ्घर्षशील कार्यकर्ता निडर र निःस्वार्थी हुने बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘कामदार वर्गलाई राजनैतिक र सैद्धान्तिक रूपले सचेत गरेजस्तै जनतालाई सांस्कृतिक रूपले सचेत गर्नु आवश्यक छ । सांस्कृतिकरूपले सचेत नभएकाहरू स्वार्थ र लोभलालचमा फस्ने सम्भावना हुन्छ ।’
पुँजीवादको विकासले समाजमा भ्रष्टाचार र कमिसनको चलखेल बढेको उल्लेख गर्दै उहाँले ओली सरकार पुँजीवादको चङ्गुलमा फस्दै गएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, नेक्रामहिला सङ्घका जिल्ला अध्यक्ष रोशनमैया सुवाल, नेक्राकिसङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवाल, ग·ाराम ज्याख्व र सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो ।
यसैबीच नेपाल मजदुर किसान पार्टीको केन्द्रीय परिषद्बाट पारित कार्यक्रम र प्रस्तावबारे जानकारी दिन शनिबार नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा किसान भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पार्टीको कार्यक्रम र प्रस्तावले समाजवादी आन्दोलनलाई अगाडि बढाउन मद्दत पुग्ने विचार राख्नुभयो । उहाँले भदौ ४ गतेसम्म मोही र जग्गाधनीको नाम छुटाउने म्याद अपुग भएको बताउनुभयो ।
उहाँले भदौ १ गतेबाट लागू भएको नयाँ देवानी तथा फौजदारीसंहिताबारे प्रकाश पार्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले आफ्नो अधिकार प्राप्तिको लागि कामदार वर्गसँग सङ्घर्षबाहेक अर्को बाटो नभएको धारणा राख्नुभयो । उहाँले २०४५ सालका भक्तपुर काण्डको बारेमा पनि चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको कार्यक्रममा पूर्णगोपाल राजचल, पृथ्वीकुमार प्रजापतिलगायतले बोल्नुभएको थियो ।
शनिबार नै भक्तपुर काण्डको भत्र्सना गर्न सूर्यविनायक नगरपालिका नंखेलमा युवा तथा स्थानीय जनताको भेला भयो । भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, नेक्रायुसङ्घका रोशन मचामसी र तुल्सीदास कासुलाले बोल्नुभएको थियो ।
Leave a Reply