भर्खरै :

पहिरोले सात गाउँ उच्च जोखिममा

सुर्खेत, ३ भदौ (रासस) ः पहिरोले रुकुम पश्चिमका सात वडाका विभिन्न गाउँ उच्च जोखिममा परेका छन् । स्थानीयगिँजागाड खोलामा आएको बाढीका कारण सात वटा वडा उच्च जोखिममा परेका हुन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्ती उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोट नगरपालिका कार्यालय तथा राडी बजारसमेत जोखिममा परेको छ ।
लगातारको वर्षापछि आएको बाढीले नगरपालिका कार्यालय वरपरका घरमा क्षति पु¥याएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । खोलामा आएको बाढीले कुनै पनि बेला कार्यालयमा क्षति हुनसक्ने भएकाले कार्यालयमा रहेको महत्वपूर्ण कागजात, विद्युतीय सामग्री अन्यत्रै सारिएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *