भर्खरै :

क्रान्तिकारी नैतिकताबारे

हो चि मिन्ह
१. पार्टी र क्रान्तिको लागि आफ्नो जीवन समर्पण गर्नु,
२. पार्टीको लागि कठिन काम गर्न अघि सर्नु, पार्टीको अनुशासन मान्नु र पार्टीका कार्यदिशा र नीतिहरू कार्यान्वयन गर्नु,
३. पार्टी र श्रमजीवी जनताको हितलाई आफ्नो व्यक्तिगत, पारिवारिक हितभन्दा पहिले र माथि राख्नु, दिलो ज्यानले जनताको सेवा गर्नु, जनता र पार्टीको लागि निस्वार्थरुपले सङ्घर्ष गर्नु र हरेक कुरामा दृष्टान्त बन्नु,
४. आफ््नो सैद्धान्तिक स्तर उठाउन आफ्नो काममा सुधार गर्न र आफ्ना कमरेडहरूसँगसँगै प्रगति गर्नको लागि माक्र्सवाद, लेनिनवादको अध्ययन गर्न र निरन्तररुपमा आत्मालोचना र आलोचनाको प्रयोग गर्ने प्रयास गर्नु ।
– क्रान्तिकारी नैतिकता पार्टी र जनताप्रति निरपेक्ष निष्ठामा रहेको छ । – पार्टीको उद्देश्य प्राप्त गर्नको लागि प्रयास गर्नु, मजदुरवर्ग र श्रमजीविवर्गको इमान्दारीपूर्वक सेवा गर्नु र कहिल्यै ढुलमुल नहुनु नै त्रान्तिकारी नैतिकता हो । – जस्तोसुकै परिस्थितिमा पनि सबै शत्रुहरूको विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नु, आफ््नो चनाखोपन कायम राख्नु, लड्न तत्पर रहनु र नझुक्नु तथा शिर निहुराउन इन्कार गर्नु क्रान्तिकारी नैतिकता हो ।
– जनतासित एक ढिक्का भएर मिल्नुमा, उनीहरूको विश्वास प्राप्त गर्नुमा र उनीहरूको रायप्रति ध्यान दिनुमा क्रान्तिकारी नैतिकता अडेको छ ।
– आफ्नो कुरा र कामबाट पार्टी र श्रमिक युवक सङ्घका सदस्य र कार्यकर्ताहरूले जनताको विश्वास, सम्मान र माया प्राप्त गर्दछन्, पार्टीको झण्डामुनि उनीहरूलाई सघनरुपले एकतावद्ध गर्छन् र उनीहरूलाई सङ्गठित, शिक्षित र परिचालन गर्छन्, जसले गर्दा उनीहरूले पार्टीका नीति र प्रस्तावहरूलाई उत्साहपूर्वक कार्यान्वयन गर्छन् । हाम्रा शत्रुहरू तीन किसिमका छन् ः
क) साम्राज्यवाद र पुँजीवाद, असह्य खतरनाक शत्रु
ख) पिछडिएका बानी र परम्पराहरू
ग) व्यक्तिवाद, निम्न पुँजीवादी मनोवृत्ति, जुन माथिका २ खाले शत्रुको सहयोगी हो । – पार्टी र वर्गबाट छुट्टै रहेर कुनैपनि व्यक्तिले जतिसुकै प्रभावशाली भएपनि केही चिज प्राप्त गर्न सक्दैन ।
– आफ््नो काम गर्दा कुनै गल्ती हुनसक्छ, हामीहरू गल्तीहरूदेखि डराउँदैनौं, बरु तिनलाई दृढतापूर्वक सच्याउन नसकिएला कि भनी डराउँछौं ।
– व्यक्तिवाद– सहयोगी शत्रु
– पुरानो समाजको सबभन्दा खराब र सबभन्दा खतरनाक अवशेष व्यक्तिवाद हो । यो क्रान्तिकारी नैतिकताको विपरीत छ ।
– समाजवाद निमार्णको लागि व्यक्तिवाद ठूलो बाधक छ । त्यसैले, व्यक्तिवादको उन्मूलनको लागि चलाइने सङ्घर्षको सफलताबाट समाजवादको सफलतालाई अलग गर्न सकिँदैन ।
– व्यक्तिको हित समाजको हितसित घनिष्ठरुपले गाँसिएको हुन्छ । ती दुईबीच कुनै अन्तरविरोध भएमा क्रान्तिकारी नैतिकताले के अपेक्षा गर्छ भने व्यक्तिको हितले सामूहिक हितसामू आत्मसमर्पण गरोस् ।
– व्यक्तिवादले सयौं खतरनाक रोगहरू पैदा गर्छ–नोकरशाही, हुकुमवाद, संकीर्णवाद, मनोवाद, अनावश्यक खर्च आदि । व्यक्तिवाद समाजवादको कठोर शत्रु हो ।
– पार्टी र श्रमिक युवक सङ्घका सबै सदस्यहरूले, पार्टीभित्र र बाहिरका सबै कार्यकर्ताहरूले पार्टी र जनताको सेवामा आफ्नो जीवन अर्पण गर्न दृढ सङ्कल्प गरुन् । यो एउटा क्रान्तिकारीको उच्च गुण हो । यो क्रान्तिकारी नैतिकता हो, पार्टी र वर्गभावना हो र यसले पार्टी, वर्ग र जनताको विजयलाई सुनिश्चित गर्छ ।
– क्रान्तिकारी नैतिकता आकाशबाट त्यसै खस्दैन, प्रयत्न गरेर नै यो द¥िहलो र विकसित हुन्छ । नीलो पत्थरझैं, जतिजति पालिस लगायो, उतिउति यो चम्किन्छ, सुनझैं जति पगाल्यो उति यो शुद्ध हुन्छ ।
– आफ्नो क्रान्तिकारी नैतिकताको विकास गर्नुभन्दा सुख र गौरवको ठूलो स्रोत अरु के हुनसक्छ, जसले गर्दा समाजवादको निमार्ण र मानवजातिको मुक्तिको लागि उचित योगदान गर्न सकियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *