तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ६ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ साल भदौ ९ गते पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड ‘कालो दिन’ को भत्र्सना तथा विरोध कार्यक्रम मँलबार नेपाल क्रान्तिकारी युवा सङ्घ चानपा ५ छालिङको आयोजनामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका अध्यक्ष न्हुछेभक्त फोंजूले नेमकिपाले देश र जनताको पक्षमा सेवा गरेको हुँदा पञ्च सरकारले नेमकिपाविरुद्ध षड्यन्त्र गरेको बताउनुभयो । उहाँले शोषक वर्ग फेरि फेरि पनि देश र जनताको पक्षमा लड्नेहरूको विरुद्ध षड्यन्त्रमा उत्रिन सक्ने सम्भावना भएकोले युवा पुस्ता इतिहासबाट पाठ सिकेर सचेत र सँठित भई अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुरका अध्यक्ष मिनबहादुर बाटाले प्रतिक्रियावादीहरूका षड्यन्त्रबाट बच्न युवाहरू सिद्धान्तनिष्ठ हुनुपर्ने बताउनुभयो । नेपाल क्रान्तिकारी शिक्षक सङ्घका आईबी फोजूले देश र जनताका पक्षमा युवाहरू सतर्कताका साथ लाग्नसके षड्यन्त्रकारीलाई परास्त गर्न सकिने बताउनुभयो ।
Leave a Reply