भर्खरै :

लक्ष भन्दा ९ प्रतिशत बढी राजश्व महसुल

लक्ष्मी पोखरेल
धनगढी, ६ भदौ । आर्थिक वर्ष २०७४÷७५ समाप्त भएसँगै आन्तरिक राजस्व कार्यालय धनगढीमा कर बुझाउनेको घुइँचो बढ्न थालेको छ । राजस्व नियमावलीअनुसार गत आर्थिक वर्षको राजस्व आन्तरिक राजस्व कार्यालयमा बुझाएर कर चुक्ता प्रमाणपत्र पाउने प्रावधान रहेको छ ।
धेरैजसो करदाताले साउन र भदौ महिनामा आफूले कारोबार गरेको रकम आन्तरिक राजस्व कार्यालयलाई बुझाएर कर चुक्त प्रमाणपत्र लिने गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी कर अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उपाध्यायका अनुसार मुलुकभरकै आन्तरिक राजस्व कार्यालयमध्ये पटक पटक उत्कृष्ट कार्य सम्पादन गर्न सफल आन्तरिक राजस्व कार्यालयको सूचीमा पर्दैआएका सेती अञ्चल कार्य क्षेत्र भएको आन्तरिक राजस्व कार्यलय धनगढीले यसपटक गत आर्थिक वर्ष २०७४÷७५ को लक्ष भन्दा ८.८४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको सूचना अधिकारीले बताउनुभयो ।
विभागले दिएको लक्ष्य २ अर्ब ५५ करोड ४२ लाख २२ हजार रहेको भए तापनि गत आबमा २ अर्ब ७८ करोड ३ हजार राजस्व सङ्कलन भएको कर अधिकृत तथा सूचना अधिकारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो ।
जनचेतनाका अभावले कर चुक्त प्रमाणपत्र लिन पहाडि जिल्लाहरुबाट पनि कर दाताहरु धनगढीमै आउने गरेका छने । कर तिर्न विवरण बुझाउन उतैबाट अनलाइन सुविधा भए तापनि करदाता पुग्ने गरेका छन् भन्नुहुन्छ सूचना अधिकारी । उहाँका अनुसार आव २०७५÷७६ को तोकिएको लक्ष्य ३ अर्ब ३७ करोड १८ लाख १९ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *