सामाजिक सञ्जाल अन्यायको विरोध गर्ने ठाउँ पनि हो
- भाद्र २२, २०८२
ललितपुर, ६ भदौ (रासस) । नेपालमा खुला सिमानाका कारण छिमेकी देशबाट बीउ र बिरुवासँगै रोग पनि भित्रिरहेको छ ।
बीउ आफै रोगी हुँदा वा बिरुवासँगै आएको माटोले गर्दा रोग फैलिने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले जनाएको छ ।
खुला सिमानाका कारण भारतबाट रोगी बिरुवा भित्रने गरेको वैज्ञानिक चेतना मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बिरुवासँगै रोग पनि ल्याएका हुनसक्छौं ।” बीउ र बिरुवाबाट माटोजनित रोग भित्रिरहेको हो ।
नेपालमा अहिले हाइब्रीड बीउ धेरै आयात भइरहेको उहाँले बताउनुभयो । हाइब्रीड बीउसँगै विभिन्न खालका रोगका जीवाणु भित्रिएको छ । कतिपय रोग हावाबाट पनि सर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तराईमा भारतबाट सजिलै रोग आउन र यताबाट उता फैलन सक्छ ।” निरोगी बिरुवामा पनि माटो, हावा, पानीलगायतका कुनै एउटा माध्यमबाट रोग फैलिने गर्छ ।
सरकारले अन्य देशबाट आयात हुने र नेपालबाट अन्य देशमा निर्यात हुने बिरुवा तथा बीउको स्वास्थता परीक्षणका लागि कार्यालय स्थापना गरेको छ । तर खुला सिमानाका कारण सबै परीक्षण हुन सकेको छैन । आन्तरिकरुपमा बीउ तथा बिरुवाको स्वस्थता परीक्षण नहुँदा देशको एक ठाउँमा देखिएको रोग सबैतिर फैलने गरेको छ ।
Leave a Reply