भर्खरै :

मुलुकी देवानी तथा फौजदारी संहिताका प्रमुख विशेषताहरू

जग्गा खिचोला वा अतिक्रमण गर्न नहुने
अन्य व्यक्तिको सम्पत्ति च्यापी, मिची वा कुनै तवरले खिचोला वा अतिक्रमण गर्न नपाइने, कसैले अन्य व्यक्तिको सम्पत्ति आफ्नो कब्जामा लिएमा निजले त्यस्तो सम्पत्ति खिचोला वा अतिक्रमण मानिने ।
आफ्नो जग्गा बाहिर पानी झार्न नपाउने
– सँधियारको जग्गातर्फ झ्याल वा ढोका राखी घर बनाउनुपर्दा सम्बन्धित निकायले तोकेको मापदण्डबमोजिमको जग्गा छोड्नुपर्ने
–आफ्नो घर वा वलेसीबाट अर्काको घर, जग्गा वा सार्वजिनक बाटोमा पानी झार्न नपाउने ।
फलोपभोगसम्बन्धी व्यवस्था
– आफ्नो हकको सम्पत्तिको स्वामित्व हस्तान्तरणबिना नै अर्काे व्यक्तिले त्यस्तो सम्पत्तिबाट आर्जन हुने प्रतिफल वा लाभ (फलोपभोग) प्राप्त गर्ने ।
सुविधाभारको व्यवस्था
– विपद परेको बखत पीडितको उद्धार गर्न छिमेकीको घर वा जग्गा प्रयोग गर्न सकिने,
– विपद परी बाटो विनाश भएमा त्यस्तो घर वा जग्गामा आउन जानको लागि पहिलेदेखि बाटो प्रयोग गरिरहेको व्यक्तिले बाटोको सुविधा पाउने,
– बाटो वा निकासको व्यवस्था नगरी घर वा जग्गा हस्तान्तरण गर्न नहुने,
– प्रत्येक घर वा जग्गाको स्वामित्वालाले आफ्नो घर वा जग्गाबाट निकास हुने वर्षाको पानीको व्यवस्थापन आफैले गर्नुपर्ने र त्यस्तो व्यवस्था नभएकोमा प्राकृतिक रुपमा वर्षाको पानी जतातर्फ बग्दछ सोहीबमोजिम बग्न दिनुपर्ने,
– कसैको जग्गामा उत्पति भएको वा सोबाट बगेको खोला, नदी वा पोखरीको पानी सम्बन्धित धनीलाई पुगेपछि खानेपानी वा सिंचाइको प्रयोजनको लागि जोसुकैले पनि प्रयोग गर्नसक्ने र यसमा सँधियारले प्राथमिकता पाउने,
– खेती गर्ने जग्गामा मानिस वा खेती गर्नुको लागि प्रयोग हुने जनावर आउने जाने बाटो वा निकास नरहेकोमा सम्बन्धित जग्गाको स्वामित्वालाले त्यस्तो व्यक्तिलाई बाटो वा निकासको सुविधा दिनुपर्ने ।
घर बहालमा दिँदा सम्झौता गर्नुपर्ने
– मासिक बीस हजार रुपैयाँभन्दा बढीमा घर बहालमा दिँदा घर बहालमा लिने दिने व्यक्तिले लिखित सम्झौता गर्नुपर्ने,
–बहालमा दिएको घरमा सम्झौतामा अन्यथा व्यवस्था गरेकोमा बाहेक पानी बिजुली, ढलको व्यवस्था गर्ने, बहालमा बस्नेलाइ असुरक्षा वा हैरानी वा अशान्ति हुनबाट रोक्ने दायित्व घरधनीको हुने
– बहाल रकम समयमै दिने, आफ्नै घरसरह सरसफाइ हेरचाह, संरक्षण र सुरक्षा गर्ने, घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने काम गर्न नगर्ने दायित्व घर बहालमा लिनेको हुने ।
– घरधनीले आफ्नो दायित्व पूरा नगरेमा वा घर बाहलमा लिनेलाई घर नचाहिने भएमा बहालमा लिने व्यक्तिले र घर बहालमा बस्नेले आफ्नो दायित्व पूरा नगरेमा, प्रचालित कानुनविपरीतको काम गरेमा, घरधनी आफैलाई घर आवश्यक परेमा, घरमा मानिस बसोबास गर्न नमिल्ने अवस्था समेतमा घर बहालमा दिनेले बहालमा बस्नेलाई घरबाट हटाउन सक्ने ।
शेषपछिको बकसपत्र गर्ने व्यक्तिले जुनसुकै बखत आफूले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्नसक्ने ।
सम्पत्तिको हस्तान्तरण
– करार गर्न असक्षम व्यक्तिबाहेक अन्य जुनसुकै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति एक वा एकभन्दा बढी व्यक्तिलाई अलग अलग वा संयुक्त रुपमा कानुनको रीत पु¥याइ लिखत गरी हस्तान्तरण गर्न सक्ने,
सिगोलका अंशियारको लिखित मञ्जुरी नलिई सगोलको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न नपाउने,
एिउटा व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति दोहोरी पारी अन्य व्यक्तिलाई हस्तान्तरण गर्न नहुने,
– नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न नपाइने ।
सम्बन्धित कार्यालय गई पारित गराउनुपर्ने लिखतहरू
– कुनै पनि व्यहोराले अचल सम्पत्ति हस्तान्तरण गरी दिएको लिखत,
– भोग, दृष्टि वा लखबन्धकी लेखिदिएको लिखत,
– अचल सम्पत्तिको शेषपछिको दान वा बकसपत्र,
– अचल सम्पत्ति सट्टापट्टा गरेको लिखत,
– अंशबण्डा वा अंश छोडपत्र लिखत,
– मानो छुट्टिएको वा मानो जोडिएको लिखत,
– गुठी स्थापना गरेको लिखत,
– मासिक एक लाख रुपैयाँभन्दा बढी घर बहाल लिनु दिनुगरेको लिखत,
– अचल सम्पत्ति फलोपभोग भएको लिखत,
– कानुनबमोजिम पारित गर्नुपर्ने अन्य लिखत ।
घरसारको लिखत दर्ता गराउनुपर्ने, चेकबाट भएको भुक्तानीलाई लेनदेन भएको मानिने ।
नावालक र होस ठेगानामा नरहेको व्यक्ति बाहेक अरु व्यक्ति करार गर्न सक्षम मानिने ।
कामको अनुपातमा ज्याला दिनुपर्ने
काम गर्ने व्यक्तिले आफूखुशीले ज्याला मजुरीबिना काम गर्न मञ्जुर गरेकोमाबाहेक काम लगाउनेले काम गर्नेलाई कामको अनुपातमा ज्याला तोकेकोमा सोहीबमोजिमको र नतोकेकोमा त्यस्तो काम गरेबापत् काम गरेको ठाउँमा चलन चल्तीमा रहेको दरअनुसारको ज्याला मञ्जुरी दिनुपर्ने ।
– घरेलु कामदारसम्बन्धी विशेष व्यवस्था
– घर व्यवहारको काममा घरेलु सहायकको रुपमा काममा लगाउन सकिने,
– घरेलु सहायकको काम लगाएको जानकारी एक महिनाभित्र सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा समितिलाई लिखित रुपमा गराउन सकिने,
– घरेलु सहायकको रुपमा काममा लगाउँदा ज्याला मजुरी वार्षिक रुपमा दिने, दिनको तीनपटक खाना मौसमअनुसारका कपडा, बस्नलाई उपयुक्त आवास, शौचालय, नुहाउने घर, अठार वर्षभन्दा कम उमेरको भए अध्ययनको व्यवस्था समेत गर्नुपर्ने ।
दुुुष्कृतिसम्बन्धी व्यवस्था
– चौध वर्ष उमेर नपुगेका नाबालकले गरेको दुष्कृतिबापत निजको बाबु आमाले दायित्व व्यहोर्नुपर्ने,
– पशुले गरेको हानि नोक्सानीबापत पशु धनीले दायित्व व्यहोर्नुपर्ने,
– कुनै घरकाट कुनै किसिमको फोहोर मैला वा वस्तु फालेको कारणबाट कसैलाई हानि, नोक्सानी भएकोमा सम्बन्धित घर मुलीले दायित्व व्यहोर्नुपर्ने,
– कसैको सम्पत्तिमा अनधिकृत प्रवेश (टे«सपास) गरेको कारणले भएको हानि, नोक्सानी बापत अनाधिकृत प्रवेश गर्ने व्यक्तिले दायित्व व्यहोर्नुपर्ने,
निजी अन्तर्राष्ट्रिय कानुनसम्बन्धी व्यवस्था
यो व्यवस्था विदेशीको कानुनी हैसियत तथा निजको सक्षमता, पक्षहरूमध्ये कम्तीमा एक पक्ष विदेशी रहेको वैवाहिक सम्बन्ध, पैतृक तथा मातृक र अन्य पारिवारिक सम्बन्ध वा अंश, अपुतालीसम्बन्धी विषय वा सोसँग सम्बन्धित काम, कारबाही, भएको ठाउँ नेपाल बाहिर रहेको विषय, कम्तीमा एक सरोकारवाला पक्ष विदेशी रहेको र निजको विदेशमा रहेको सम्पत्तिसम्बन्धी विषय वा कम्तीमा एक पक्ष विदेशी रहेको करार, गैरकरारसम्बन्धी अधिकार वा दायित्वसम्बन्धी विषयमा लागू हुने
नेपालको अदालतलाई कारवाही र किनारा गर्ने क्षेत्राधिकार हुने ः–
– नेपालभित्र बसोबास गर्ने विदेशीहरूबीच वा विदेशी र नेपाली नागरिकबीच नियमित भएका विषय,
– नेपालमा बसोबास गर्ने विदेशी प्रतिवादी भएको मुद्दाको विषय,
– मृत्यु हुँदाका बखत नेपालमा सम्पत्ति भई नेपालमा बसोबास गर्ने विदेशीको अपुतालीको विषय,
– नेपाली नागरिक र विदेशीबीच विदेशमा लेनदेन व्यवहार वा कारोबार भएकोमा त्यसको भुक्तानी नेपालभित्र हुने विषय,
– विदेशीहरूबीच वा विदेशी र नेपाली नागरिक बीच नेपालभित्र रहेको सम्पत्तिसम्बन्धी विषय,
– नेपालभित्र सम्पन्न वा नेपालमा परिपालन हुने विदेशी व्यक्तिहरूबीच वा कम्तीमा एक पक्ष नेपालको नागरिक वा सङ्गठित संस्था पक्ष रहेको करारसम्बन्धी विषय,
पिक्ष वा विपक्ष दुवै नेपाली नागरिक भएको वा नेपालमा सामान्य बसोबास भएका विदेशी रहेको नेपाल बाहिर भएको दुष्कृति, अर्धकरार वा सम्वृद्धिसम्बन्धी विषय ।
२.२ मुलुकी देवानी कार्यविधि संहिता
अदालत तथा अन्य न्यायिक निकायमा समेत लागू हुने
मुलुकी देवानी कार्यविधि संहिता देवानी प्रकृतिका विवादको
कारबाही र किनारा गर्ने न्यायिक र अर्धन्यायिक दुवै प्रकृतिका अधिकारले प्रयोग गर्नसक्ने ।
देहायका विषयसम्बन्धी मुद्दा देवानी र अन्य मुद्दा फौजदारी हुने
– कानुनबमोजिम फौजदारी मुद्दाको रुपमा परिभाषित गरिए बाहेकका कानुनी हक, दायित्व, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पत्तिसम्बन्धी मुद्दा,
– नाता कायम वा सम्बन्ध विच्छेद,
– दस्तुर, पारिश्रमिक, तलब, भत्ता वा ज्याला,
– अंश, अपुताली, दान, बकस, संरक्षक, माथवर, मातृक तथा पैत्रिक अख्तियारी, धर्मपुत्र वा धर्मपुत्री,
– कुनै करार, अर्धकरार वा अनुचित सम्वृद्धिअन्र्तगतको कुनै हक वा दाबी,
– दुष्कृति, अर्धदुष्कृति वा त्रुटिपूर्ण उत्पादनसम्बन्धी हक वा दाबी,
– सुविधाभार,
– क्षतिपूर्ति,
– देवानीमा प्रकृतिको अन्य कुनै विषय ।
नियमित अदालतबाट मात्रै निरोपण हुने
– कुनै विषयमा हक बहेकको प्रश्न उत्पन्न भएमा त्यस्तो प्रश्नको निरुपण,
– कुनै व्यक्तिको नाता कायम, सम्बन्ध विच्छेद वा कानुनी हैसियत ।
सम्बन्धित जिल्ला अदालतमा मुद्दा लाग्ने
– कानुनमा कुनै अदालत, निकाय वा अधिकारीलाई मुद्दामा कारबाही, सुनुवाई र किनारा गर्ने अधिकार भएको तर त्यस्तो अदालत वा निकाय गठन नभएको वा अधिकारी नतोकिएको अवस्थामा त्यस्तो मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकार पनि सम्बन्धित जिल्ला अदालतलाई हुने,
लिखत परिभाषा
– घर व्यवहारमा हुने सकै किसिमका लेनदेन व्यवहार, सम्पत्ति हस्तान्तरण वा धितो बन्धक दिने गरी भएको लिखत,
– धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी लिखत,
– करार,
– अख्तियार दिएको लिखत, अख्तियारनामा, मञ्जुरीनामा वा त्यस्तै प्रकृतिका अन्य कागज,
– सरकारी कार्यालय वा सङ्गठित संस्थामा पेश हुने कुनै पनि लिखत,
– अदालतमा पेश हुने फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, निवेदनपत्र, दरखास्तलगायत जुनसुकै किसिमको लिखत,
– सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट जारी हुने लिखत,
– कानुनी हक वा दायित्व सृजना गर्ने वा नगर्ने अन्य कुनै लिखत ।
कानुनी लिखत तयारी
– लेख्न पढ्न नसक्ने व्यक्तिलाई लिखतमा सहिछाप गराउँदा त्यस्तो व्यक्तिले चाहेमा निजले रोजेको व्यक्तिको रोहवरमा गराउनुपर्ने,
– पचास हजार रुपैयाँभन्दा बढी रकम लेनदेन गरी घरसारमा तयार भएको लिखत स्थानीय तहबाट प्रमाणित गराउनुपर्ने,
– सार्वजनिक पदाधिकारीले पदीय हैसियतमा नाम र दर्जा खुलाइ कुनै लिखतमा हस्ताक्षर गर्नुपर्नेमा सो नगरेमा निजलाई अदालतले पाँचसय रुपैयाँ जरिवाना गर्नसक्ने
अदालती शुल्क (कोर्ट फी) निर्धारण
– पहिलो पच्चीस हजार रुपैयाँसम्म विगोको लागि पाँचसय रुपैयाँ,
– त्यसपछि थप हुने रकममा विगोको आधारमा ५ प्रतिशत, ३.५ प्रतिशत, २ प्रतिशत, १.५ प्रतिशत र पच्चीस लाख रुपैयाँभन्दा बढी जतिसुकै रकम भए पनि १ प्रतिशतका दरले अदालती शुल्क लाग्ने ।
प्रारम्भिक सुनुवाईसम्बन्धी व्यवस्था
– प्रमाण बुझ्न अघि नै अदालतले हकदैया, हदम्याद र अदालतको क्षेत्रीधिकार भए नभएको विषयमा प्रारम्भिक सुनुवाईबाट टुङ्गो लगाइने,
– प्रारम्भिक सुनुवाईबाट टुङ्गो लगाइएको विषयमा मुद्दा दाहोराई हेर्दा वा पुनरावलोकनको लागि निवेदन दिँदा प्रश्न उठाउन नपाउने
म्याद तामेली गर्ने नयाँ व्यवस्था
– फिरादपत्र दर्ता गर्दा फिरादवालाले आफैले प्रतिवादी बनाइएको व्यक्तिलाई म्यादसहित फिरादपत्र बुझाउन चाहेमा निजले नै बुझाउन सक्ने,
– त्यसगरी नै म्याद तामेलीका सम्बन्धमा कुनै अदालतमा उपस्थित हुने पदाधिकारी, कानुन व्यवसायी, साक्षी, वारेस वा अदालतमा तारेखमा रहेको पक्षको नाममा रहेको म्याद निज अदालतमा उपस्थित हुँदाका बखत तामेल गर्न सकिने,
– म्याद तामेलीमा निजले अवरोध गरेमा वा अदालतलाई सहयोग नगरेमा न्यायाधीशले निजलाई अदालतमा निजले सम्पन्न गर्नुपर्ने अन्य काम कारबाहीमा रोक लगाउन सक्ने व्यवस्था ।
गुज्रेको म्याद वा तारेख थाम्न पाउने व्यवस्थामा सुधार
– म्यादको हकमा एक पटक पन्ध्र दिनसम्म र तारेखको हकमा दुईपटक एक्काइस दिनसम्म थमाउन सकिने व्यवस्था प्रस्ताव गरिएको ।
श्रव्य दृश्य संवाद (भिडियो कन्फरेन्स) को प्रयोग गर्न सकिने
अति वृद्ध अवस्था, शारीरिक अशक्तता, अस्वस्थता वा नेपाल बाहिर रहे बसेको कारण कुनै साक्षी अदालतमा उपस्थित हुन नसक्ने कारण देखाई त्यस्तो साक्षीको श्रव्य–दृश्य सम्वादको माध्यमबाट परीक्षण हुन मुद्दाको कुनै पक्षले अदालतमा निवेदन दिएमा त्यस्तो व्यहोरा अदालतलाई मनासिव लागेमा अदालतले त्यस्ता साक्षीको श्रव्य–दृश्य संवादको माध्यमबाट परीक्षण गर्न सकिने ।
निर्णय गर्नुपर्ने र फैसला तयार गर्नुपर्ने अवधि निर्धारण
मुद्दामा प्रमाण बुझ्ने काम सम्पन्न भएको सामान्यतया एक महिनाभित्र निर्णय गर्नुपर्ने र निर्णय भएको एक्काईस दिनभित्र फैसला तयार गर्नुपर्ने त्यसरी तयार भएको फैसलामा न्यायाधीशले मिति उल्लेख गरी प्रमाणीकरण गर्ने,
मिलापत्र वा मेलमिलापको माध्यमबाट फैसलाको कार्यान्वयन
पक्षहरूले मिलापत्र वा मेलमिलापको माध्यमबाट फैसलाको कार्यान्वयन गर्न चाहेमा अदालतमा संयुक्त निवेदन दिएर मिलापत्र वा मेलमिलापको माध्यमद्वारा फैसला कार्यान्वयन गर्न अवसर दिइने ।
चलन चलाउने कार्यविधिमा सुधार
किानुनबमोजिम कित्ताकाट हुन नसकी बण्डा वा चलन चलाउन नसिकने क्षेत्रफलको जग्गा वा भौतिक संरचना भएमा अदालतले दुवै पक्षको सहमतिमा मूल्य कायम भएमा सहमति भएबमोजिम मूल्य र पक्षको सहमतिमा मूल्य कायम भएमा सहमति नभएमा पञ्चकिर्ती मूल्य कायम गरी वा लिलाम बिक्री गरी चलन पाउने पक्षलाई त्यस आधारमा चलन चलाई दिनुपर्ने र चलन चलाउँदा कुनै पक्षले नगदै बुझाउन चाहेमा नगदै बुझाउन सक्ने,
– अन्य व्यक्तिको जग्गा मिची भौतिक संरचना निर्माण गरेको वा बनाएको ठहर भई चलन चलाउनुपर्दा संरचना नभत्काई क्षतिपूर्ति लेनदेन गर्न पक्षहरू सहमत भए सोहीबमोजिम र संरचना नभत्काउने कुरामा सहमत भएपनि क्षतिपूर्ति रकममा सहमति हुन नसकेमा पञ्चकिर्ती मूल्य कायम गरी त्यस्तो मूल्यमा पच्चीस प्रतिशत थप रकम चलन चलाई पाउने पक्षलाई भराई दिइने,
अंशबण्डासम्बन्धी नयाँ व्यवस्था
धेरै अंशियार भएको कारणल बण्डा गर्नुपर्ने सम्पत्ति बण्डा गर्दा सबै अंशियारले समान रुपमा उपभोग गर्न नमिलने वा त्यस्तो सम्पत्ति बण्डा गर्दा घर, जग्गा वा जिन्सी सम्पत्तिको रुप परिर्वतन भई प्रयोग गर्न नमिल्ने भएमा त्यस्तो सम्पत्तिको अंशियारहरूबीचको सहमतिले कुनै मूल्य कायम भएमा त्यस्तो मूल्यमा र मूल्यमा सहमति नभएमा पञ्चकिर्ती मूल्यमा कुनै अंशियारले लिन सक्ने गरी बण्डा गरिने ।
नाबालक, अशक्त तथा बेपत्ता भएका व्यक्तिको तर्फबाट मुद्दा गर्ने
कानुनबमोजिम उमेर नपुगेको वृद्ध, नाबालक, दृष्टिविहीन तथा बोल्न नसक्ने वा होस ठेगाना नरहेको व्यक्तिको हक अधिकारको संरक्षण गर्नको लागि त्यस्ता व्यक्तिको तर्फबाट अदालतको अनुमति लिई संरक्षकले फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनापत्र र निवेदनपत्र दिनसक्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *