भर्खरै :

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, ८ भदौ (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा कार्यरत मेकानिकल इञ्जिनीयर सरोजकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ सवारी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै केही दिन अघि उहाँलाई पक्राउ गरिएको थियो । यस्तै गुलरिया नगरपालिका बर्दियामा कार्यरत सहायक इञ्जिनीयर रमेशकुमार गौतमविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थानीय क्याम्पसको एक निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग गौतममाथि लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *