यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौं, ७ भदौ । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालिम आयोजना गरिएको छ ।
हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालिममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५ जनाको सहभागिता छ । नेपालमै मकैको हाइब्रिडको बीउ उत्पादन हुनसक्ने तालिममा सहभागीले जनाएका छन् ।
उक्त तालिम सञ्चालनका लागि चीन सरकारको वाणिज्य मन्त्रालयले नेपाल सरकारलाई सहायता प्रदान गरेकामा कृषि मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको युआन लोङपिङ हाइटेक कृषि कम्पनीले सामूहिक रूपमा कार्यक्रम गरिरहेका छन् । तालिममा दुईदेशका विज्ञबीच मकैको उत्पादन र उत्पादकत्व बढाउन चिनियाँ प्रविधिसहितको विविध विषयमा ज्ञान, अनुभव र प्रविधि साटासाट गरिएको छ
पछिल्लो समय मकै खाद्य बालीका साथै नगदेबालीका रूपमा समेत स्थापित हुनुका साथै नेपालमा धानपछिको दोस्रो महत्वपूर्ण बालीको रूपमा लिइएको छ । मकैले सिङ्गो बालीजन्य उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ भने पहाडी किसानका लागि मकैखेती जीवन निर्वाहको महत्वपूर्ण आधार बनेको जानकारहरूको भनाइ छ । नेपालमा झण्डै आठ लाख ५० हजार हेक्टर जमिनमा मकैखेती गरिने र प्रत्येक वर्ष १५ लाखदेखि १७ लाख मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । नेपालमा मकैको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव आठदेखि दुई टनको हाराहारीमा रहेकामा हाइब्रिड मकैखेती अवलम्बन गर्दा सातदेखि आठ टनसम्म फल्ने चिनियाँ वैज्ञानिक तथा मकैविज्ञ वाङ चिसङ बताउनुहुन्छ ।
स्वदेशमै हाइब्रिड मकैको बीउ उत्पादन भएपछि यसको मूल्य घटने र कृषकको लागत पनि न्यून हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका संयोजक तथा वैज्ञानिक डा. केशवबाबु कोइरालाको भनाइ छ ।
Leave a Reply