भर्खरै :

नेमकिपा सिध्याउन खोज्ने पञ्चायत आफैंको अन्त्य

भक्तपुर, ८ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले आÇनो विचार र काम असल भएसम्म कसैसँग डराउन नपर्ने बताउनुभएको छ ।
शुक्रबार ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको आयोजनामा तत्कालीन पञ्चायती राज्यस्तरबाट रचित भक्तपुर काण्डको विरोध तथा भत्र्सना गरिएको प्रवचन कार्यक्रममा उहाँले पञ्चायती व्यवस्थाले नेमकिपाका कार्यकर्तालाई झूटा मुद्दा लगाउने षड्यन्त्रकारी पञ्चायती व्यवस्था आफै अन्त्य भएको बताउनुभयो ।
भक्तपुर काण्डको बेलामा जफत गरिएका पुस्तकहरू फिर्ता दिन तत्कालीन देउवा सरकारलाई अनुरोध गर्दा पुस्तकको मूल्य दिन चाहेको तर पुस्तक फिर्ता दिन नचाहेको स्मरण गर्दै उहाँले ती पुस्तक कुनै पुस्तकालयमा राखे देश र समाजको लागि उपयोगी हुने धारणा राख्नुभयो । उहाँले निःस्वार्थरुपमा देश र जनताको सेवा गर्नु राजनैतिक कार्यकर्ताको कर्तव्य हो भन्नुभयो ।
कम्युनिष्टहरू बढ्दै जाने डरले पश्चिमा देशहरूले दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानमा वम खसालेको बताउँदै उहाँले जर्मनीको मुसोलिन र हिटलरलाई उस्काउने पनि पश्चिमा देशहरू नै भएको बताउनुभयो ।
विदेशीको सल्लाहअनुसार स्वीट्जरल्याण्ड गएर शासक दलहरूले देशको सङ्घीय खाका तयार गरेको कारण आज सङ्घीय बन्दोबस्तमा समस्या आइरहेको धारणा उहाँले राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश र जनताको निःस्वार्थ र इमानदारीपूर्वक सेवा गरेका नेता तथा कार्यकर्तादेखि असह्य भई राज्यस्तरबाटै षड्यन्त्र रचिएको धारणा राख्नुभयो ।
उहाँले तत्कालीन माले समूहले भक्तपुर काण्डको अवस्थामा चितवनका नेमकिपाका कार्यकर्तालाई लोभलालच र डर–त्रास देखाएर बिगारी मित्र पार्टीलाई धोखा दिने पार्टी कम्युनिष्ट पार्टी हुननसक्ने बताउनुभयो । भक्तपुर काण्डले भक्तपुरको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक अवस्था तहसनहस भएको उहाँले स्मरण गराउनुभयो । काण्डमा क्रूर यातना दिएकोले कतिपयले मानसिक सन्तुलन गुमाउनु परेको, केहीको मृत्यु भएको, कोही अपाङ्ग भएको स्मरण गराउँदै उहाँले पार्टी कार्यकर्ताले भ्रष्टाचार र गुण्डागर्दी गर्ने हरेक कामको विरोध गरी जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्र्य इ.सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य इ.सुनिल दुवाल, उपप्राचार्य इ.रत्नशोभा प्रजापति र प्रा.राजुभाइ त्यातले भक्तपुर–काण्डको बारेमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *