राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
मोहनकुमार कुस्मा
भक्तपुर काण्ड भन्नासाथ म आफूमाथि १५–२० दिनसम्म लगातार भएको पाशविक यातना सम्झने गर्छु ।
म एक जना साधारण ट्रयाक्टर चालक हुँ । दिनभर ट्रयाक्टर चलाउँछु । साँझ बिहान भान्छामा जे पाक्छ त्यो मीठो मानेर खान्छु । साथीभाईसँग मिलेर हाँसीखुशी बस्छु । २०४५ साल भदौ ५ गते बिहान आएको भूकम्पले म बस्दै आएको सानो घर पनि भत्कियो । भूकम्प आउनासाथ घरबाट हुत्तिएर बाहिर आउन सकेकाले मात्र म बाँचेको थिएँ । बाहिर पुग्दामात्र थाहा भयो, मेरो आङ त अर्धनग्न रहेछ ।
भएको सानो घर पनि भत्किपछि केही दिन टोलमा रहेका वाचुत्वको पाटीमा मेरो बास भयो । भदौ ९ गते कर्ण प्रसाद ह्योजूलाई नगर परिक्रमा गराइयो भन्ने खबर सुनेको थिएँ । तर म आफू भने गएको थिइनँ । छरछिमेकले हनुमानघाटको सुर्योदय माविमा केही कोठा खाली छन् भन्ने खबर गरेकाले भद्र ९ गते बेलुका नै म परिवारसहित त्यहाँ बस्न गएको थिएँ । परिवारमा मेरी श्रीमती लक्ष्मीश्वरी, छोराहरू चार वर्षको सुरज, छ महिनाको सुमन र म थियौँ ।
हामी सुर्योदय माविमा बस्न गएको रात १२ बजे प्रहरी त्यहाँ आए । मलाई रासन दिने जाऊँ भनी डीएसपी कार्यालय लिएर गए । त्यहाँ सुनिल प्रजापति, राजभाई अमात्यलगायतका साथीहरू देखेँ ।
त्यसपछि मलाई चार दिनसम्म लगातार सोधपुछ गरियो ।“ नारायणमान र गोविन्द दुवालले ह्योजू मार्न लगाएको होइन ? उनीहरूले भनेर तिमीहरूले मारेको होइन ?” प्रहरीले सोधपुछको क्रममा यही प्रश्न सोधेका थिए ।
मैले आफूलाई केही पनि थाहा नभएको बताएँ । मेरो लगातारको त्यस्तो जवाफ सुनेर आजित प्रहरीहरूले मेरा तीघ्रा र पाखुरामा बाँसका भाटाले निर्मम तरिकाले पिट्ने गर्थे । यातना सहन नसकेर बेहोस नहुञ्जेल लगातार पिटिरहन्थे । मेरो छिमेकमा बस्ने केही पञ्चायतका गुप्तचरहरूलाई बरोबर त्यहाँ देख्थेँ । उनीहरू आएपछि ममाथि अझ निर्मम तरिकाले यातना दिइन्थ्यो । उनीहरूले हाम्रो टोलका अरु नेमकिसंका कार्यकर्ताहरूका बारेमा सुराकी गर्थे । परिवारलाई अनेक गरेर दुःख दिन्थे ।
चार दिनको असह्य चरम यातनापछि मलाई काठमाडांै हनुमानढोका लगियो । मसँगै सुनिल प्रजापति, राजभाई अमात्य र शिवजी सैंजू थिए । हनुमानढोकामा पनि हामीमाथिको यातना रोकिएन । बेहोस नहुञ्जेल पाइतालामा बाँसका भाटा लगातार बर्सिन्थ्यो । होस खुलेको हुँदैनथ्यो, फेरि यातना सुरु हुन्थ्यो । पाइताला सुन्एिर टेक्न सक्ने अवस्था थिएन । तर प्रहरीले उफ्रन लगाउँथे । उनीहरूले भनेजस्तो नउफ्रे तीघ्रामा जथाभावी बाँसका भाटा बर्साउँथे । पीडाले आँखामा आँसु सुकिसकेको थियो, तर अहँ यातना सकिएको थिएन । चार दिनसम्म न भोक थाहा भयो, न रात न दिन । चार दिन मैले खाना पनि खाइनँ । प्रहरीले चिया ल्याइदिएका थिए । त्यो पनि मैले खाइनँ । पिसाब फेर्नसमेत जान दिइएन । हामीलाई राखिएको कोठाभरि उडुसैउडुस मात्र थियो । उडुसले टोके पनि मार्न दिंदैनथे । उडुस मारे पनि पिटाई खानुपथ्र्यो । केही दिनपछि यातना कम हुँदै गयो ।
प्रहरीहरू बेलाबेला आएर “नारायणमान र गोविन्द दुवालले ह्योजूलाई मार्न लगाएको हो भन्नू, घरसम्म पु¥याई दिन्छौं” भनेर फकाउँथे । तर हुँदै नभएको कुरा म कसरी भन्थें र ! उनीहरूले गलाउन नसकेपछि थप यातना दिन्थे । करिब १५ दिनपछि मलाई एक दिन भक्तपुरको प्रहरी कार्यालयमा ल्याए । परिवारसँग कुरा मिले छोड्ने भनेका थिए । तर त्यहाँ पनि हाम्रै टोलको पञ्चायती गुप्तचर देखिए । पछि मलाई फेरि हनुमानढोका फर्काइयो ।
कहिलेकाहीं नारायणमान दाइ हामीलाई राखिएको कोठाबाहिर हिंड्दै आउनुहुन्थ्यो । नेवारी भाषामा हामीले मात्र बुझ्ने गरी भन्नुहुन्थ्यो, “भाइहरू ! हामीलाई नराम्रो जालमा फसाइएको छः पटक्कै नआत्तिनू । हामी अपराधी होइनौं, नडराउनू । अदालतमा गएर सबै कुरा बकौंला ।”
मेरी श्रीमती लक्ष्मीश्वरी मलाई खाना लिएर आउँथिन् । मलाई भेट्न अनेक हण्डर खाएर त्यहाँ आउँथिन् । तर प्रहरीले भेट्न पनि दिंदैनथ्यो । छोराहरू भर्खरका स–साना थिए । निकै पीर पथ्र्यो । मेरो परिवार आर्थिकरुपमा त्यसै त कमजोर, त्यसमाथि भूकम्पको मार । के खाएर बाँचेका होलान् ! कहाँ कसरी बसेका होलान् ! मनमा यस्तै यस्तै कुरा खेलिरन्थ्यो ।
हामीलाई ज्यान मुद्दा १३ ‘क’ अन्तर्गत सर्वस्व हरणसहित आजीवन काराबासको सजाय माग गरिएको थियो ।
पछि मलाई भद्रगोल जेल चलान गरियो । २० महिना भद्रगोल जेलमा बिताएँ । त्यहाँ खाना पकाउने मेरो टोलीमा म र विश्वराम कवां थियौँ । एक साताको एक पटक खाना पकाउने पालोमा हामी दुई जना हुने गथ्र्यो ।
त्यही सिलसिलामा साथी योगेन्द्रमान बिजुक्छेंलाई पनि शान्ति सुरक्षाअन्तर्गत भनी पक्रिएर भद्रगोल जेलमा पठाइयो । उहाँलाई खानाको लागि उसिना चामल दिइयो । हामीले उहाँहरू पनि राजबन्दी हुनुभएकोले सेतो चामल दिनुपर्ने मागसहित आन्दोलन ग¥यौँ । पिटपाट गरेर दमन गर्न खोजेका थिए । तर हामीले आफ्नो अडान छोडेनौँ । अन्ततः हाम्रो सङ्घर्ष परिणाममुखी भयो ।
आजीवन जेलमै बिताइने भइयो भन्ने सोचका साथ दिनचर्या बिटदै गयो । लक्ष्मीभक्त कवां दाइले त जेलमै एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले एसएलसी उत्तीर्ण गर्नुभएको देखेर म पनि अर्को साल परीक्षा दिने भन्दै तम्सिएँ । त्यहीबीच २०४६ सालको जनआन्दोलन चर्कियो । आन्दोलन सफल पनि भयो । पञ्चायत ढल्यो । २०४७ सालको बैशाख ५ गते हामी सबै जना साथीहरू रिहा भयौँ । जेलबाहिर आएपछि हामीलाई दुःख दिने शत्रुहरूसँग बदला लिने भावना जाग्यो । तर साथीहरूले समय आएको छैन भनेर रोके । तर आजसम्म पनि त्यो समय भने आएको छैन ।
हिजोआज पनि म एक सामान्य ट्रयाक्टर चालक भएर गुजारा चलाइरहेको छु । नेमकिपालाई आफूले सकेको सहयोग र साथ दिइरहेको छु ।
Leave a Reply