नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
अमेरिकी राष्ट्रपतिको निर्वाचनकै बेला ट्रम्पबारे धेरै विवादास्पद विषयहरु सतहमा आएका थिए । राष्ट्रपति पदमा निर्वाचित भएको केही महिनाभित्रै उनका अनेकौं परस्परविरोधी वक्तव्य, अभिव्यक्ति र निर्णयले पर्यवेक्षकहरु र जनतामा अन्योल छायो । उनले आफ्ना धेरै सहयोगी र सचिवहरुलाई समेत बिदा दिए ।
अफ्रिका र केही ल्याटिन अमेरिकी देशहरुको भ्रमणमा रहेका परराष्ट्र सचिवलाई समेत विदेश छँदै हटाएर संसारलाई आश्चर्यमा पारेका थिए – राष्ट्रपति ट्रम्पले !
हालै अमेरिकी अदालतले राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा आर्थिक नियम उल्लङ्घन गरेको आरोप लगाएको छ भने उनका दुई जना निकट सहयोगीहरुलाई जेल सजाय तोकेको छ । ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्वसहयोगी माइकल कोहेनले अदालतमा बयान दिएका थिए । न्युयोर्क अदालतले उनीमाथि आठवटा मुद्दामा दोषी ठहर गरेको छ ।
ट्रम्पका सहयोगी माइकल कोहेनले पोर्नस्टार स्टोर्मी ड्यानियल र प्लेब्वाय् मोडेल कारेन म्याकडगललाई कानुनविपरीत चुनावी प्रचारको रकम भुक्तानी गरेको अदालतसमक्ष जानकारी गराएका छन् । ती दुवैसँग ट्रम्पको नाजायज सम्बन्ध रहेको बताइन्छ ।
ट्रम्पका कानुनी सल्लाहकार रुडी जिउलियानीले अमेरिकी सञ्चारमाध्यममा पठाएको वक्तव्यमा भनेका छन् –‘‘राष्ट्रपतिका विरुद्धमा कोहेनले कुनै गलत आरोप लगाएका छैनन् ।’’ अन्नपूर्ण पोष्ट, ७ भदौ २०७५) ।
ट्रम्पका कानुनी सल्लाहकारले राष्ट्रपतिका सहयोगी कोहेनले दिएको बयान गलत नभएको बताउनुले राष्ट्रपति ट्रम्पले कानुन उल्लङ्घन गरेको ठहर्ने निश्चित छ । कानुन उल्लङ्घन गर्ने राष्ट्रपतिमाथि महाअभियोग लाग्नु स्वाभाविक हो । राष्ट्रपति निक्सन र क्लिन्टनलाई पनि महाभियोग लाग्ने भएको हुँदा उनीहरुले पदबाट राजीनामा दिएका थिए । तर वाशिङटन (एजेन्सी) ले लेख्यो – ‘‘अभियोग लगाएमा अमेरिकी बजार ध्वस्त हुने ट्रम्पको चेतावनी ।’ (समाचारपत्र, ८ भदौ २०७५)
‘फक्स एण्ड फ्रेन्स’ का लागि अन्तर्वार्ता दिंदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोग लगाइए अमेरिकी अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिए । प्रस्ट भाषामा उनले भने –‘‘म तपाईंलाई स्पष्ट पार्न चाहन्छु, मविरुद्ध अभियोग लगाइएमा अमेरिकी बजार खतम हुनेछ । त्यसबाट प्रत्येक अमेरिकी गरिब हुनेछन् ।’’
समाचारमा भनिएको छ – ‘‘ट्रम्पका पूर्वसहयोगी माइकल कोहेनलाई जेल सजाय सुनाएलगत्तै उनको यस्तो धारणा सार्वजनिक भएको हो ।’’ (अन्नपूर्ण, ८ भदौ २०७५)
ट्रम्पका चुनावी अभियानका अध्यक्ष पल म्यानाफोर्टलाई दोषी ठहर गर्दै बैङ्क धोखाधडी, कर छली र विदेशी बैङ्क खातासम्बन्धी स्वघोषणा नगरेको आदि ८ वटा मुद्दामा सजाय दिने आदेश अदालतले दिएको छ । ७ भदौको राजधानीले शीर्षक लेख्यो – ‘‘ट्रम्पमाथि महाभियोग लाग्न सक्ने, दुई सहयोगी दोषी ठहर ।’’
Leave a Reply