“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, भाद्र १७ गते : भक्तपुरबाट राजधानी काठमाडौ हिडेका हजारौ यात्रु जामका कारण सास्ती खेप्न वाध्य छन् । अरनिको राजमार्गको गठाघरदेखि नै जाम भएकोले स्कुल, कलेज र कार्यालयमा १० बजे पुग्नुपर्नेहरु ११ः३० सम्म पनि बाटोमा हिडेर आफ्नो गन्तव्य तर्फ गइरहेको छन् । देशका प्रधानमन्त्री भने बालकोटबाट स्कटिङमा वालुवाटार तर्फ लागे । यसरी जनतालाई सास्तीमा पारेर आफूमात्र गाडीमा ह्वीकिएका प्रधानमन्त्रीलाई जनताले प्रश्न गरि रहेका छन् । के यो देशमा सरकार छ ? सरकार भएको भर कोटेश्वरको जाबो जाम पनि हटाउन सक्दैनन् ?
यो दृश्य आज दिउँसो ११ः३० को हो । तर हरेक दिन जनताले कोटेश्वरको जामका कारण यस्तै सास्ती भोग्न बाध्य छन् । यस विषयमा प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले बारम्बार प्रश्न अठाउंदा समेत सरकारको ध्यान गएन । न जाम हटाउने विषयमा सरकारले यस्तो गरेको छ भनि जवाफ नै दिए । यस प्रकार जनताको समस्यालाई सांसदहरुले उठाउंदासमेत सम्वोधन नहुंदा यो सरकार कस्ले भनेको मान्ने हो प्रश्न तेर्सिएको छ ।
Leave a Reply