तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १६ भदौ । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण २ वडा एकाइ समितिको आयोजनामा शनिबार भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले ०१८÷१९ सालदेखि पञ्चायतलाई उपयोग गरेर जनसेवा गर्ने उद्देश्यअनुरुप पार्टीका अग्रजहरूले काम गर्दैै आउनुका साथै मोहियानी हक प्राप्तिको लागि किसानहरूको पक्षमा सङ्घर्षको अभियान सञ्चालन गरेको कारण प्रतिक्रियावादीहरू रिसाएर नेमकिपालाई समूल नष्ट गर्न भक्तपुर काण्डको षड्यन्त्र रचेको बताउनुभयो ।
उहाँले चुनावमा ठूला भनाउँदा दलहरूले पैसा खर्च गरेर सोझासिधा जनताको मत खरिद गरी बहुमत प्राप्त गरेर जनहितविरुद्ध काम गरिरहेको र विदेशीले जे गरे पनि चुप लागेर जनतालाई धोका दिएको चर्चा गर्नुभयो ।
उहाँले संसदमा जन्मको आधारमा नागरिकता दिने विधेयक प्रस्तुत भएको प्रसङ्ग उठाउँदै ३ जनाले हस्ताक्षर गरेको भरमा नेपाली नागरिकता दिने प्रावधानले विगतमा ४० लाख भारतीयले नागरिकता लिइसकेको र फेरि पनि जन्मको आधारमा नागरिकता दिने विधेयक पास भए लाखौं भारतीयले नेपाली नागरिकता लिएर नेपाललाई सिक्किम बनाउन सक्ने भएकोमा जनता सजग हुनुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजुले नेमकिपाले किसानको पक्षमा बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनजस्ता गतिविधिहरू गर्नुका साथै लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर देश र जनताको सेवा गर्ने उद्देश्यअनुसार पञ्चायती सरकारभित्रै गएर पञ्चायतकै जरा काट्ने काम गरेकोले नेमकिपाका नेता तथा कार्यकर्ताहरूको विरुद्ध षड्यन्त्र गरेको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक समाजका सुजन माकले जर्मनीमा हिटलरको नाजी दलले कम्युनिष्टलाई सखाप पार्न रचेको राइखस्टाग आगलागी काण्ड र भक्तपुर काण्डबीच समानता भएको धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम सुवालको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय दिलनारायण श्रेष्ठले पनि बोल्नुभएको थियो ।
यसैबीच नेमकिपा चाँगुनारायण नपा वडा नं ७ बागीश्वरीमा पनि भक्तपुर काण्डको भत्र्सनामा शनिबार भेला भएको छ ।
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजू, नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटा, बाबुकाजी नाय्जू, अर्जुन काफ्लेलगायतले पनि बोल्नुभएको थियो ।
Leave a Reply