तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौं, १६ भदौ । ‘‘पार्टी विश्वविद्यालयजस्तै हो । यसकारण कार्यकर्ताहरुले पार्टी प्रकाशन अध्ययन गरी अन्तक्र्रिया गर्नु आवश्यक छ ।’’
उक्त भनाइ नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिको आयोजनामा शनिबार भएको ‘श्रमिक साप्ताहिक’को अन्तक्र्रिया कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सभासद् प्रेम सुवालले व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘पुँजीवाद सम्पत्तिको लागि सबै अपराध गर्ने व्यवस्था हो । समाजवादी व्यवस्था ल्याउनुपर्नेबारे जनतालाई शिक्षित गर्ने काम पार्टी प्रकाशनले गर्छ ।’’
शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, मुद्रा आदि राज्यअन्तर्गत राख्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सिंहदरवारभित्र भारतीय लगानी भएको बैङ्क सञ्चालनको विरुद्ध नेमकिपाले संसदमा लगातार आवाज उठाइरहेको बताउनुभयो ।
दक्षिण कोरियामा पुँजी संरा अमेरिकाको हो । दक्षिण कोरियाबाट अमेरिकी सेना र हतियार फिर्ता गरे सिङ्गापुर वार्ता र सहमति सफल हुने विचार सांसद सुवालले व्यक्त गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘भारतकै कारण सार्क शिखर सम्मेलन स्थगित भएको हो । बिम्स्टेक आबद्ध देशहरुको भारतमा हुने संयुक्त सैन्य अभ्यास पाकिस्तानलाई एक्ल्याउने भारतीय उद्देश्य गलत छ ।’’
महाकाली सन्धिबाट पश्चिममा सूर्य उडाउने, देश झिलिमिलि हुने, वर्षको खर्बौं रुपैयाँ आम्दानी हुने बताएका एमाले नेताहरु देशघाती नै भएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे समाचार र लेख प्रकाशन गरी जनतालाई सचेत बनाइरहेको मजदुर दैनिक र श्रमिक साप्ताहिकको वर्गीकरणमा पक्षपात गर्ने प्रेस काउन्सिलमा प्रतिक्रियावादीहरुको हालीमुहाली रहेको स्पष्ट छ ।’’
चिकित्सा शिक्षासम्बन्धमा डा. केसीले उठाएको ३५ लाख शुल्क, काठमाडौं उपत्यकामा दश वर्षसम्म चिकित्सा शिक्षा कलेज खोल्न नपाउने माग देश र जनताको हितमा छैन, सचिव सुवालले भन्नुभयो ।
भारतीय नाकाबन्दीको विरोध नगरेका, भारतकै दबाबमा संविधान संशोधन गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने संवैधानिक प्रावधान राखेका सरकारी पार्टीहरुले नै चुनावमा धेरै स्थानमा जित्नु देश र जनताको हितमा नभएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘महँगी, भ्रष्टाचार, काला बजारी, अराजकता विषयमा साहित्य लेखेर पुँजीवादी पार्टी र तिनका सरकारहरुलाई उदाङ्ग्याउनु आवश्यक छ ।’’
पार्टीमा केन्द्रीय सदस्य एवं श्रमिक साप्ताहिकका कार्यकारी सम्पादक अनुराधा थापामगरले नेमकिपाको प्रकाशनको लक्ष्य जनताको प्रजातन्त्र, समाजवाद र साम्यवादमा पुग्ने तयारी भएको चर्चा गर्दै माक्र्स–एंगेल्सले पनि पत्रिका प्रकाशन गरी कामदार वर्गको सङ्गठन गरेको गरेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य सनकमान महर्जनले निजी मेडिकल कलेजले बिरामी बनाउन विद्यार्थीलाई नै प्रयोग गरेको र सरकारले विद्यार्थीको एसईई परीक्षाको तीन पटकसम्म ग्रेड बढाएको मार्कसीट दिनु अराजकता र भ्रष्टाचार भएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले कार्यकर्ताले पार्टी प्रकाशन खोजी खोजी अध्ययन गर्ने र सुरक्षित राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सुनिल दुवाल, नारायण महर्जनलगायतले अन्तरक्रियामा भाग लिनुभएको थियो ।
Leave a Reply