शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, १६ भदौ । आगामी कार्तिक ४ र ५ गते कमलविनायक आवास क्षेत्रमा हुने ३८ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रमलाई टेवा पु¥याउने उद्देश्यले शनिबार साहित्यप्रेमीहरूमाझ जनताको साहित्य विषयक एक विचार गोष्ठी सम्पन्न भयो ।
तःमुंज्या आयोजक समितिद्वारा आयोजित उक्त गोष्ठीमा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले तःमुंज्या कामदार वर्गका जनताको सेवा गर्ने राजनीतिक दबु हो भन्नुभयो ।
व्यापक जनताको हितमा साहित्य लेख्नुपर्नेमा जोड दिंदै उहाँले जनतालाई राजनैतिक र वैचारिक रुपले सुसूचित पार्न सके जनताको प्रजातन्त्र र समाजवाद स्थापनामा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
साहित्य सिद्धान्त र विचारबाट सिञ्चित हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि गरिने अपराध पुँजीवादी चरित्र हो, हामीले पुँजीवादी चरित्रको विरोधमा साहित्य लेख्नुपर्छ भन्नुभयो ।
व्यापक जनता सचेत र सङ्गठित नभएसम्म आमूल परिवर्तन सम्भव नहुने विचार व्यक्त गर्दै उहाँले डुवान, सीमा अतिक्रमण, अन्धविश्वास, मिसावट, नाकाबन्दी, हत्या–हिंसा, अराजकता, अपराध, अमेरिकी आतङ्कवाद आदिको विरोधमा साहित्य लेख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले भाषिक, साहित्यिक र राजनीतिक आन्दोलनमार्फत समाजवादी व्यवस्था स्थापना गर्न नै तःमुंज्या स्थापना भएको विचार व्यक्त गर्नुभयो ।
नेवारहरू पनि वर्गमा विभाजित भएको विचार व्यक्त गर्दै उहाँले पुँजीवादी र सामन्तवादी विचारको विरोधमा समाजवादी विचारबाट प्रभावित साहित्य लेख्नुपर्छ भन्नुभयो ।
३८ औं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष नरेश खत्रीको सभापतित्वमा भएको सो गोष्ठीमा अमोद उलकले पनि बोल्नुभएको थियो ।
Leave a Reply