आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
वाङ वेनवेन
पूर्वी चीनको चेच्याङ्ग प्रान्तको वेनचाओमा अनलाइन ट्याक्सी सेवा कम्पनी डीडीका एकजना ट्याक्सी चालकले महिला यात्रुको बलात्कारपछि हत्या गरेको समाचारले यो साता चीनका अधिकांश सञ्चारमाध्यमले प्राथमिकता पायो । हत्या गरेकी युवतीले चीनकै सबभन्दा ठूलो अनलाइन यातायात सेवा डीडी छुसिङको सेवा प्रयोग गरेकी थिइन् । गएको तीन महिनामा डीडी कम्पनीसँग जोडिएको यो दोस्रो हत्याकाण्ड हो । त्यसकारण यो घटनालगत्तै जनविरोधको लहर व्यापक बनेको हो ।
डीडी ठूलो सङ्कटमा पर्ने अवस्था आएपछि सामाजिक सञ्जालमार्फत डीडी कम्पनीले आफ्नो सेवामा कसरी सुधार गर्दा उपयुक्त हुन्छ भनी जनमत लिने प्रयास ग¥यो ।
त्यहाँ दिइएको एउटा विकल्प थियो, उपभोक्ता सेवा केन्द्रबाट अङ्क दिने गरी महिला यात्रुको शारीरिक सौन्दर्य मापन गर्ने एउटा मिटर बनाउने र सो मिटरमा ८० भन्दा बढी अङ्क पाउने महिलालाई ट्याक्सी सेवा नदिने बताइएको छ । साथै महिला यात्रुहरूलाई अभद्र लुगा नलगाउन र जिस्काउने भाषा नबोल्न पनि भनिएको छ ।
के त्यसो भए यौन हिंसाको लागि महिलाको सौन्दर्य दोषी हो ? कम्तीमा डीडीको त्यो पोस्टले त्यसै भनेको छ । यसले सर्वसाधारण थप आक्रोशित बन्ने सम्भावना छ । तथापि डीडीले तुरुन्तै आफ्नो त्यो गल्ती सच्यायो । डीडीले आफ्नो उक्त विकल्प खारेज ग¥यो ।
व्यापकरुपमा फैलिएको डीडीको यो विकल्पले एउटा गरम बहसको थालनी गरेको छ –महिलामाथिको यौन हिंसाका लागि के महिला दोषी हुन् ?
सन् १९९९ मा इटालीको एउटा उच्च अदालतले एउटा बलात्कार मुद्दा उल्टाएको थियो । अदालतको फैसलामा यदि महिलाले जिन्स पाइन्ट लगाएको भए उसले पाइन्ट नफुकालेसम्म उसमाथि बलात्कार हुन नसक्ने लेखिएको थियो । अदालतको सो फैसलाको इटालीभरि व्यापक विरोध भएको थियो । सो फैसलालाई ‘प्रतिगामी’ र महिलाप्रति भद्र मान्यताप्रति आक्रमणको रुपमा लिइएको थियो ।
यो विवाद अझै पनि समाप्त भइसकेको छैन । गएको साल चर्चित नायिका एन्जेला लान्सवर्गले महिलाले लगाउने लुगाका कारण हुने महिला हिंसाको लागि ‘महिला पनि दोषी हुनुपर्ने’ भनी दिएको अभिव्यक्तिका कारण उनको व्यापक आलोचना भएको थियो ।
पछि लान्सवर्गले एउटा वक्तव्य जारी गरी ‘महिलामाथि जुनसुकै तरिकाबाट यौन शोषण गर्ने पुरुषलाई कुनै पनि क्षमा हुन नसक्ने’ बताउनुपरेको थियो । विश्वभरि बढ्दो महिला हिंसाबीच एउटा प्रश्न अझ निख्खर रुपमा उठेको छ, यसको लागि दोष कसलाई दिने ?
महिलाको लुगा नै आमन्त्रण होइन । महिलाले आफूमाथि शोषण र अपमान गर्न कहिल्यै निमन्त्रणा गर्ने गर्दैन । महिलामाथि दोषारोपण गर्नु भनेको आफ्नो अपराधको ढाकछोप गर्नुमात्र हो । क्वार्जका लिङ्गसम्बन्धी संवाददाताले आफ्नो एउटा लेखमा लेखेकी छिन्, ‘यस्तो अत्याचारको लागि अन्यायपूर्वक शक्ति चलाउने व्यक्ति नै जिम्मेवारी हुने गर्दछ र उनीहरूको शक्तिको दुरुपयोगप्रति नतमस्तक हुने गर्दछन् । बाङ्गिएको गतिशीलतामा बाँचेको व्यक्ति यसको लागि जिम्मेवार हुने गर्दैन ।’
मङ्गलबार युनान प्रान्तको कुनमिङमा प्रहरीले चार जना व्यक्तिलाई गिरफ्तार ग¥यो । उनीहरूले वीच्याट ग्रुपमा डीडीबाट पीडित महिलाप्रति अपमानजनक अपशब्द प्रयोग गरेका थिए । कमजोर महिलामाथि औंला तेर्साउने महिलाहरू आज पनि धेरै छन् ।
पछिल्लो बलात्कार र हत्याको घटनापश्चात् डीडी कम्पनीले आफ्ना यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने वचनबद्धता व्यक्त गरिसकेको छ । तर त्यससम्बन्धी कुनै नियम कानुन बन्नुअघि समाजले अभद्र व्यवहारका कारण र प्रभावबारे सही तरिकाले बुझ्न जरुरी छ । यदि त्यस्तो कुरामा गम्भीर नभए समाजमा अझै पनि यस्ता घटना घट्ने सम्भावना रहिरहनेछ । कारमा मात्र होइन, अन्यत्र पनि ।
भारतमा पुरुषहरू बलात्कारको कारण महिलाले पश्चिमा शैलीको लुगा लगाउनु हो भन्ने गरेका छन् । त्यहाँका सञ्चारमाध्यमले पनि बलात्कारका घटना बढिरहेको बताइरहेका छन् । हामी पक्कै पनि त्यस्तो समाज चाहँदैनौं ।
–ग्लोबल टाइम्स अगस्ट ३०
Leave a Reply