तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कालीकोट, १८ भदौ । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा पञ्चायती राज्यस्तरबाट नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ सालमा रचिएको भक्तपुर काण्डको भत्र्सनामा शनिबार राँचुलीमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला समितिका अध्यक्ष नवराज कोइरालाले पञ्चायती व्यवस्था प्रतिक्रियावादी बन्दोबस्त भएकोले तात्कालीन समयमा जनताको निःस्वार्थ सेवामा लागेका राजनीतिक कार्यकर्तामाथि निर्मम दमन गर्ने गरेको बताउनुभयो ।
नेमकिपाले पञ्चायती संरचनाभित्र गएर पनि पञ्चायतको विरोध गर्ने नीति लिएको कारण नेमकिपाको सङ्गठन भएका सबै जिल्लामा अनेकन जालझेल गरी कार्यकर्तालाई दुःख दिएको उहाँले स्मरण गर्नुभयो ।
हिजो पञ्चायती व्यवस्था रहुञ्जेल पञ्च बनेकाहरू आज देशका शासक दलमा पसेर जनतामाथि शोषण गरिरहेको धारणा उहाँले राख्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका कालीकोट जिल्ला अध्यक्ष नरदीप शाहीले पञ्चायती बन्दोबस्तले भेरी र कर्णालीमा नेमकिपालाई सिध्याउने लक्ष्यका साथ व्यापक दमन गरेको स्मरण गर्नुभयो ।
संसारका विभिन्न ऐतिहासिक प्रसङ्गको चर्चा गर्दै उहाँले जनताका इमानदार कार्यकर्तालाई प्रतिक्रियावादीले अनेक जालझेल गरेर निराश बनाउन खोजेको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका दीपेन्द्र शाही, नेमकिपा कालीकोटका सचिव खड्गराज शाही र दलसुर बोहराले पनि बोल्नुभएको थियो ।
Leave a Reply