बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
नेपालमा अहिले ०.४ प्रतिशत व्यक्तिमात्र नसर्ने रोगको खतराबाट मुक्त रहेको स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएको छ । अर्थात्, ९९ प्रतिशत नेपाली कुनै न कुनै नसर्ने रोगको खतरामा छन् । सानो स्याम्पल साइजमा गरिएको सो अध्ययनको तथ्याड्ढले पूरा देशको प्रतिनिधित्व नगर्ला, तर यसले स्थितिको गम्भीरता भने प्रष्ट्याउँछ । चुरोट, सुर्ती, जंक फूड, चिनी, तारेका खानासँगै तनाव, शारीरिक निष्क्रियता बढेको बढ्यै छ । यसले गर्दा रगतमा बोसो, रक्तचाप, मधुमेह आदि पनि बढेको बढ्दै छन् । बढी बोसोयुक्त र गुलियो पदार्थ मुटुका लागि शत्रु नै हुन् ।
विडम्बना के छ भने, हृदयघात, उच्च रक्तचाप, मधुमेह भएर अस्पताल भर्ना भएका बिरामी कुरुवा र चिकित्साकर्मी नै अस्पतालको क्यान्टिनमा कोकाकोला, पेप्सिकोला आदि पेयसँग चाउचाउ, केक, दुनोटलगायतका पत्रु खाना खाइरहेका देखिन्छन् । यस्तो दृश्य के सरकारी के निजी सबै अस्पतालमा देखिन्छ । यस्तो पत्रु खानाले रगतमा खराब बोसो बढाउँछ । मुटु रोग विशेषज्ञहरूका अनुसार, जचाउन आउनेमध्ये ६६ प्रतिशतको रगतमा खराब बोसो बढेको छ । त्यो भनेको खतराको घन्टी हो । जब अस्पतालमै यो अवस्था छ भने पोषणबारे अरू कसले दिने जानकारी ?
यस्ता रोगको खतरा चाहिं कुन रूपमा बढिरहेको छ भन्ने कुरा गाउँ–गाउँमा बढेको धूमपान, मद्यपान र विभिन्न किसिमका पत्रु खानाको फेसनले देखाउँछ । प्याकेटका पत्रु खानाले मुटुको समस्या बढाउँछ, उच्च रक्तचाप भएपछि त्यसले मिर्गौलामा समस्या पारिहाल्छ अनि विस्तारै शरीरका अ· प्रत्यक्ष गल्दै जान्छन् भनेर उपभोक्तालाई बुझाउने कोही छैनन् ।
अहिलेको बजेटमा पनि अस्पतालमा निःशुल्क औषधि उपचारका लागि रकम विनियोजन गरिएको छ, तर मुटुलगायत नसर्ने रोगको समस्याबाट बच्ने उपायका लागि रकम छुट्याइएको छैन । उपचार खर्च दिएर ठूला नेताको समस्या समाधान होला, तर आम नेपाली कहाँ जाने ? बढी समस्या पर्ने साधारण जनतालाई यस्ता समस्याबाट बचाउन स्वास्थ्य मन्त्रालयले के कार्यक्रम ल्याउँदैछ, थाहा भए राम्रो हुन्थ्यो ।
–डा.अरुणा उप्रेती
Leave a Reply