यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हुम्ला, २० भदौ ः वर्षा र पहिरोका कारण हुम्लामा रु दुई करोड २१ लाख ९१ हजार ७४९ मूल्य बराबरका धनमाल क्षति भएको छ ।
जिल्लाको विभिन्न ५४ स्थानमा पहिरो जाँदा सो मूल्य बराबरको क्षति भएको हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । वर्षा र पहिरोले घर, विद्यालय, खानेपानी, सिँचाइ कुलो र बालीनालीमा क्षति पु¥याएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार वर्षाले गर्दा अहिलेसम्म ६० घरमा क्षति पु¥याएको छ । वर्षा र पहिरोबाट पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाख ६८ हजार राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)
Leave a Reply