भक्तपुरको शैक्षिक गुणस्तर माथि उठ्नुमा प्राध्यापकहरूको महत्वपूर्ण योगदान
- बैशाख १०, २०८३
भक्तपुर, २० भदौ ः काठमाडौँ उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलोपटक बिबिएम (ब्याचलर अफ विजनेश म्यानेजमेन्ट)को पढाइ हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डीन कार्यालयबाट सम्बन्धन प्राप्त गरेकाले यही वर्षदेखि बिबिएमको पढाइ हुने कलेजले जानकारी दिएको छ ।
ख्वप कलेजका प्राचार्य रुपक जोशीले तीन वर्षपछि कलेजले बिबिएमको यसै वर्षदेखि पढाइ शुरु गर्ने बताउनुभयो । सेमेष्टर प्रणालीमा चार वर्षे कोर्षको पढाइ हुने र छ महीनाको अन्तरमा आठवटा सेमेष्टर सञ्चालन हुने उहाँको भनाइ छ । (रासस)
Leave a Reply