विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुर, २० भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ ईसीडी शिक्षक एकाइ समितिका पदाधिकारीहरूसँग बुधबार नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो ।
भेटको क्रममा शिक्षक प्रतिनिधिहरूले पाँच वर्षमूनिका बालबालिकाहरूलाई पूर्व प्रावि तहमा अध्यापन गर्ने सहयोगी कार्यकर्ताहरू (इसीडी शिक्षक) को हितमा नेपाल सरकार सङ्घीय शिक्षा मन्त्रालयका नाममा प्रेषित ज्ञापनपत्रबारे जानकारी दिनुभएको थियो ।
शिक्षकका न्यायोचित माग पूरा गराउन नगरपालिकाको तर्पmबाट पहल गरिने विश्वास दिलाउँदै प्रमुख प्रजापतिले सरकारले ऐनमार्पmत निर्धारण गरेको न्यूनतम पारिश्रमिकसमेत नदिनु दुःखद् भएको उल्लेख गर्दै नागरिकको शैक्षिक आधार तयार पार्ने ईसीडी शिक्षकहरूलाई कानुनमा उल्लेख भएअनुसार न्यूनतम पारिश्रमिक दिनुपर्ने र यसका लागि शिक्षकहरूले कानुनी उपाय अवलम्बन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
स–साना बालबालिकाहरू स्वस्थ राख्न विद्यालयका शौचालय र भान्छा कोठा सफा राख्नुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो । उहाँले शिक्षकहरूलाई सभ्य नागरिकको कर्तव्य पूरा गर्न आग्रह गर्दै नयाँ पुस्तालाई समाज र देशप्रति जिम्मेवार बनाउन कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम प्रभावकारी रुपमा पढाउन र व्यवहारमा सिकाउन आग्रह गर्नुभयो ।
भेटमा नेक्राशिसङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले ईसीडी शिक्षकहरूलाई सरकारले नै श्रम शोषण गरेको तर्क गर्दै कुनै नपा एउटाले तलब बढाउने मौखिक जानकारी दिंदैमा सही नहुने बरु सरकारले नै नीतिगत निर्णय नै गर्नुपर्ने बताउनुभयो ।
शिक्षक लक्ष्मीनारायण दुवालले नयाँ पुस्तालाई भक्तपुरका सांस्कृतिक विधाहरू हस्तान्तरण गर्ने नगरपालिकाको उद्देश्य पूर्तिका लागि सबै विद्यालयहरूमा श्रव्यदृश्यसहितको पाठ्य सामग्री प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षिकाहरू तारादेवी श्रेष्ठ, रामप्यारी सैंजूलगायतले पूर्व प्रावि तहका शिक्षकहरूको समस्याबारे जानकारी गराउनुभयो ।
भेटमा वडाध्यक्षहरू रविन्द्र ज्याख्व र प्रेमगोपाल कर्माचार्यको पनि उपस्थिति थियो ।
Leave a Reply