मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
पेकिङ, ५ सेप्टेम्बर । चीनको राजधानी पेकिङमा चालू चीन–अफ्रिका सहकार्य मञ्चको पेकिङ शिखर सम्मेलन २०१८ ले मङ्गलबार पेकिङ घोषणापत्र र कार्य योजना जारी गरेको छ ।
पेकिङको ग्रेट हल अफ पिपुल्समा दुई चरणमा भएको सम्मेलनले अझ सशक्त साझा भविष्यसहितको चीन–अफ्रिका समुदायतर्फ शीर्षकको घोषणा जारी गर्नुका साथै सन् २०१९ देखि २०२१ सम्मको लागि कार्य योजना तर्जुमा गरेको छ । सम्मेलनको अध्यक्षता चीनका राष्ट्रपति सी चिनफिङले गरेका थिए भने सहअध्यक्षता दक्षिण अफ्रिकाका राष्ट्रपति सेरिल रामापोसाले गरेका थिए ।
दुई दिन चलेको सम्मेलनमा चीनका राष्ट्रप्रमुख सीले पटक पटक चीन र अफ्रिकाबीच आपसी सहकार्य र साझा विकासमा जोड दिएका थिए ।
सीले संयुक्त जिम्मेवारी, आपसी सहकार्य, सबैलाई खुशी प्राप्त हुने, सांस्कृतिक सम्पन्नता हुने, साझा सुरक्षा र मानिस तथा प्रकृतिबीच सद्भाव प्रवद्र्धन हुने साझा भविष्य सहितको चीन–अफ्रिका समुदाय निर्माणमा सबै नेता एक मत भएको बताए ।
उनले विश्व अर्थतन्त्रमा संरक्षणवाद र एकमनावादको विरोध गर्दै बहुपक्षीय व्यापार प्रणाली विकास गर्नेमा सबैले दृढतापूर्वक लाग्ने धारणा राखे ।
सबै सहभागी अफ्रिकी नेताहरूले बेल्ट एण्ड रोड पहलकदमीको प्रशंसा र ऐक्यबद्धता व्यक्त गर्दै बेल्ट एण्ड रोड कार्यक्रमले चीन र अफ्रिकालाई अझ नजिक ल्याएको धारणा राख्नुभयो ।
Leave a Reply