भर्खरै :

साम्राज्यवादविरोधी पत्रिका ‘नर्थस्टार कम्पास’ अब विद्युतीय संस्करणमा

काठमाडांै, २१ भदौ । क्यानाडाबाट प्रकाशित हुने ‘नर्थस्टार कम्पास’ (धु्रवतारा) अबबाट विद्युतीय रुपमा (डिजिटल) मात्र प्रकाशित हुने भएको छ । साम्राज्यवादविरोधी तथा समाजवाद पक्षधर एक अग्रणी पत्रिकाको रुपमा स्थापित त्यस पत्रिकाले समाजवादी विचारको प्रतिरक्षा तथा प्रचार र सोभियत सङ्घको पुनः स्थापनाको निम्ति निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ ।
सोभियत जनतासँग मित्रता तथा ऐक्यबद्धताको लागि अन्तर्राष्ट्रिय परिषद् (International Council For Friendship and Solidarity with the Soviet People) द्वारा मासिकरुपमा प्रकाशन हुँदै आइरहेको यस पत्रिकाका सम्पादक ९३ वर्षीय माइकल लुकास हुनुहुन्छ । उहाँ हाल अस्वस्थ हुनुहुन्छ र उहाँलाई चार पटकसम्म साना–ठूला हृदयघात भइसकेको बताइएको छ । हाल उहाँ पत्रिकाको कार्यालयमा आपैm गाडी हाँकेर जान असमर्थ हुनुहुन्छ तर काममा निरन्तरता दिइराख्नुभएको छ । पत्रिकाको प्रकाशनमा श्रीमती लुकासले पनि विशेष योगदान पु¥याउँदै आउनुभएको छ ।
‘नर्थस्टार कम्पास’ विगत पच्चीस वर्षदेखि विभिन्न भाषामा प्रकाशित हुँदै आइरहेको छ भने संसारका ६० वटा देशमा यसको वितरण हुन्छ । यसको अङ्गे्रजी, फ्रान्सेली, स्पेनियाली, रुसी र नेपाली भाषामा समेत प्रकाशन हुन्छ ।
गत भदौ १२ गते नेपाल मजदुर किसान पार्टीको नाममा एक महत्वपूर्ण पत्र पठाई ‘नर्थस्टार कम्पास’ ले हालैका समयमा केही थप चुनौती तथा कठिनाइ सामना गर्नुपरेको तर संसारभरिका मित्र तथा शुभचिन्तकहरूको चिन्ता र चासो तथा निरन्तरको आत्मीय सहयोग एवं सद्भावले उत्साह प्रदान गरिरहेको जनाएको छ । पत्रमा भनिएको छ – यो पत्रको सुरुआतमै नेपाली मित्रहरूप्रति आभार प्रकट गर्नु उपयुक्त ठान्दछु । नेपाली कामरेडहरूले ‘नर्थस्टार कम्पास’ नेपालीमा अनुवाद गर्नुका साथै आवश्यक सहयोग तथा योगदान पु¥याउँदै आएका छन् ।
‘नर्थस्टार कम्पास’ को संरा अमेरिका, रसिया, बेलायत, फ्रान्स, जर्मनी, बेल्जियम, जापान, अष्टे«लिया, फिनल्याण्ड, चेक गणतन्त्रलगायतका देशमा भाइचारा सम्बन्ध भएका प्रकाशन रहेको समेत उल्लेख छ ।
‘नर्थस्टार कम्पास’ को पत्रमा उल्लेख छ – ‘नर्थस्टार कम्पास सामूहिक कार्यको उपज हो । त्यस कार्यमा माइकल लुकासको योगदान अतुलनीय छ । जनशक्तिको जतिसुकै अभाव भएता पनि हाम्रो उच्च मनोबलमा ¥हास आएको छैन । नर्थस्टार कम्पासको विद्युतीय अङ्कको सुरुआत हामी नयाँ प्रतिबद्धताका साथ गर्दैछौँ । साम्राज्यवाद आक्रामक बन्दै गइरहेको र आणविक खतरा बढ्दै गएर विश्व परिस्थिति जटिलतातिर ढकेलिएको सन्दर्भमा यो कार्यको महत्व झन बढेको छ ।’
नर्थस्टार कम्पासले प्राविधिक तथा अन्य समस्याहरू झेल्नु परे तापनि सबैको सहयोग प्राप्त गरी अझ अगाडि बढ्न सकिने सम्भावना रहेको बताइएको छ । साथै विश्वका विभिन्न भागमा रहेका मित्र तथा सहृदयीहरूमा सहयोगको निम्ति आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *