यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बाजुरा, २१ भदौ । जिल्लामा चालू आवको सुरूवातमै खाद्यान्न सङ्कट भएको छ ।
वर्षाको कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरूद्ध भएको छ । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव भएको हो ।
मार्तडीस्थित नेपाल खाद्य संस्थानको डिपोमा मौज्दात २५० क्विन्टल चामल भदौको तेस्रो सातामै वितरण गरिएपछि अहिले गोदाम रित्तो छ । हाल डिपोमा रहेको ३० क्विन्टल गहुँ वितरण भइरहेको नेपाल खाद्य संस्थान शाखाले जनाएको छ ।
संस्थानले मोटो चामल प्रतिकिलो रू. ३५ देखि रू. ३९ तथा मसिनो सोना मनसुली रू. ५० मा बिक्री गर्दै आएको छ । बजारबाट मोटो चामल प्रतिकिलो रू. ४५ मा खरिद गर्नु परेको बडिमालिका नगरपालिका–३ का बालकृष्ण खड्काले बताउनुभयो । नेपालगञ्ज र धनगढीबाट ढुवानी गरिंदै आएको चामल बाटोमै थन्किएको छ ।
डिपोमा चामल सकिएपछि रित्तो हात घर फर्कन बाध्य भएको बडिमालिका नगरपालिका–७ का हरिचन्द्र पाध्यायले बताउनुभयो । “पूरै बजार चहार्दा एक पेटी चाउचाउमात्र भेट्टाए,” उहाँले भन्नुभयो ।
यसअघि डिपोबाट दैनिक १० देखि २० क्विन्टलसम्म चामल बिक्री हुने गरेको थियो । खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझा यस वर्ष खाद्यान्न ढुवानीका लागि ठेक्का नभएको र पुरानो ठेक्काअनुसार चामल सकिएको बताउनुहुन्छ ।
Leave a Reply