मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
भक्तपुर, ३ फागुन । सरकारले भक्तपुर सहित ६ जिल्लाहरुमा कक्षा १ देखि ३ सम्मका २ देखि ७ वर्ष उमेरका विद्यार्थीहरुको पढाई क्षमता विकास गर्ने उद्देश्यले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु गर्ने भएको छ ।
शिक्षा मन्त्रालयको विद्यालय सुधार कार्यक्रमको सहयोगी परियोजनाको रुपमा सो कार्यक्रम लागु गरिन लागेको शिक्षा विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।
पहुँचका आधारमा नेपालको विद्यालय शिक्षामा सुधार आएको तर शैक्षिक गुणस्तर र सिकाईमा अपेक्षित सुधार नभएको, सिक्ने र सिकाउने पक्ष कमजोर भएको अवस्थामा सुधार गर्न सो कार्यक्रम ल्याइएको अधिकारीको भनाई छ ।
सन् २०१५ देखि २०२० सम्म चाल्ने सो परियोजनाको पाइलट कार्यक्रमअन्तर्गत भक्तपुर, सप्तरी, मनाङ, कास्की, बाँके, कञ्चनपुरमा लागु गरिनेछ । अर्को वर्ष यो कार्यक्रम थप १० जिल्लामा लागु गर्ने योजना छ ।
कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको भाषिक तथा गणितको क्षमतामा सुधार गरिनेछ । यो कार्यक्रम नेपाली लगायत अन्य तीन मातृभाषामा लागु गरिने कार्यक्रम छ ।
परियोजनाअन्तर्गत विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक समितिलाई सबल बनाउने, विद्यार्थीमैत्री पाठ्यपुस्तक र सामग्रीको विकास गर्ने, विद्यार्थीहरु जहाँ बस्छन्, त्यहीं पढ्ने वातावरण बनाउने, शिक्षक तालिमहरु सञ्चालन गर्ने कार्यक्रमहरु हुने बताइएको छ ।
मंगलबार प्रारम्भिक कक्षा पढाइसम्बन्धि सञ्चारकर्मीको अभिमुखिकरण कार्यक्रममा शिक्षा विभागका उपनिर्देशकले सो कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सके सानै उमेरबाट विद्यार्थीहरुले पढाइलाई सिकाइसँग जोड्न सक्ने क्षमताको विकास हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका जिशिअ अर्जुनबहादुर रायमाझी, विद्यालय निरीक्षक सविता दंगाल,प्रारम्भिक कक्षा पढाई कार्यक्रमका हिता गुरुङ, प्रबोध आचार्यलगायतले सो कार्यक्रमको उपादेयताका बारेमा बोल्नुभएको थियो ।
Leave a Reply