मोबाइल स्क्रिनमार्फत हुने अपराध बढ्दो ‘अपराधमा महिला’ दोस्रो राष्ट्रिय सम्मेलन
- जेष्ठ २५, २०८३
काठमाण्डौ, २ फागुन । दुई जना मास्क लगाएका केटाहरुले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीको गाडीमा आज बिहान आगो लगाएका छन् ।
किर्तिपुरस्थित कार्यालयमा जाने क्रममा ललितपुर युएन पार्क नजिक शिक्षाध्यक्ष चढेको गाडी रोकेर त्रिपाठी र उनका चालकलाई बाहिर निकालेर अज्ञात व्यक्तिहरुले आगो लगाएका हुन् । ५६३० नं को गाडी पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।
शिक्षाध्यक्ष त्रिपाठी आगामी फागुन १४ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन केन्द्रीय अनुगमन तथा निर्देशन समितिका संयोजक हुनुहुन्छ ।
चुनावको मिति सार्न विप्लव माओवादी निकट अखिल क्रान्तिकारी र राप्रविसंघलगायत केही विद्यार्थी संगठनहरुले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । त्रिपाठीका अनुसार उहाँलाई विगत केही दिनदेखि स्ववियु चुनावको सन्दर्भमा धेरै पटक धम्की आउने गरेको थियो ।
‘त्यही भएर हरेक दिन फरक–फरक बाटो हुँदै कार्यालय जाने गरेको थिएँ ।’उहाँले भन्नुभयो । शिक्षाध्यक्ष त्रिपाठी र चालक भने सुरक्षित हुनुभएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महाशाखा प्रमुख गंगाबहादुर थापाले भन्नुभयो ।
त्रिपाठीलगायत उपत्यकाका अधिकांश क्याम्पस प्रमुखहरुलाई चुनाव नगर्न धम्की आउने गरेको स्रोतले बताएको छ ।
Leave a Reply