भर्खरै :

क्युवाली शिक्षण प्रणालीले पानामामा निरक्षरता आधा

पानामा सिटी, ९ सेप्टेम्बर । अन्तर्राष्ट्रिय रूपमै ख्यातीप्राप्त क्युवाली शिक्षा प्रणाली ‘हो, म गर्न सक्छु !’ ले मध्य अमेरिकी देश पानामाको निरक्षरता एघार वर्षको अन्तरालमा आधाले घटाउन सफल भएको छ ।
सन् २०१० मा पानामाको तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार त्यहाँ १ लाख ४८ हजार ७ सय ४७ जना निराक्षर जनता थिए । सन् २०१८ मा गरिएको अर्को तथ्याङ्क सर्वेक्षणले त्यो सङ्ख्या घटेर ७४ हजार ८० मा झरेको देखाएको छ ।
निराक्षरता घटाउन पानामा सरकारले ‘हो, म सक्छु !’ शैक्षिक अभियान सुरू गरेको थियो । पानामा सरकारले सो अभियानअन्तर्गत एक सय पचास जना स्वयंसेवकहरू परिचालन ग¥यो । अभियान तीन महिनासम्म चलेको थियो । अभियानलाई दुई भागमा विभाजन गरिएको थियो, पहिलो भागमा कसरी पढ्ने र लेख्ने भनी सिकाइयो र दोस्रो भागमा पठन र लेखनमा सुधार गर्ने काम गरियो ।
क्युवाली सहकर्मी समूहका प्रमुख फ्रेड्डी अल्भारेजले सिकाइको लागि श्रव्यदृश्य सामग्री र अरू अनुसन्धानमूलक तरिका प्रयोग गरिएको थियो । हरेक कक्षा कोठामा लेख्ने पाटी, टेलिभिजन, डीभीडी प्लेयरको बन्दोबस्त गरिएको थियो । सबै विद्यार्थीलाई निःशुल्क कलम र अभ्यास पुस्तिका उपलब्ध गराइएको थियो ।
कार्यक्रमका निर्देशक क्लारा मेन्डेसका अनुसार निराक्षरको सबभन्दा धेरै सङ्ख्या आदिवासी जनता बसोबास गर्ने गाबे–बुग्ले र भेराग्वास तथा पानामा प्रान्तमा थिए ।
हालसम्म संसारका तीस देशले क्युवाली शिक्षण प्रणालीको अवलम्बन गरेको छ । अभियानअन्तर्गत करोडभन्दा बढी मानिसले पढ्न र लेख्न सिकिसकेका छन् । भेनेजुयला, नाइजेरिया, स्पेन, अस्टे«लियालगायतका देशले यो शिक्षण प्रणाली प्रयोगमा ल्याएका छन् ।
सो अभियानअन्तर्गत स्थानीय शब्दको पनि उचित प्रयोग गर्न सिकाइने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *