भर्खरै :

शान्ति सम्झौताको निम्ति शान्ति वार्ता आवश्यक

नेपालका केही ठूला–बडा र बुद्धिजीवीहरूमा समेत नेपाल सानो छ र नेपालले केही गर्न सक्दैन तथा ठूला देशको सामुन्ने नेपाल झुक्नैपर्छ भन्ने खालका हीनताबोधको भावना छ । त्यसको कारण सम्भवतः विद्यार्थी जीवनदेखि नै विद्यालय र विश्वविद्यालय स्तरकै पढाइको गलत पाठ्यक्रम वा संसारका स–साना देशहरूको प्रगति र विकासबारे जानकारी दिने शिक्षाकै अभाव हुनुपर्छ ।
सानो देशले विकास गर्न सक्दैन र ठूलो देशको अगाडि झुक्नुपर्छ भन्ने हीन मानसिकताको उपचार भनेकै विचारको दृष्टिले प्रजग कोरियाको अध्ययन हो । प्रजग कोरियाको सङ्घर्ष भनेको संसारको सबभन्दा बलियो र धनी सम्झिएको संरा अमेरिकासँगै हो । ६३ वर्ष पहिलेदेखि नै प्रजग कोरियालाई संरा अमेरिकासँग युद्धविराम मात्र भएको छ, दुई देशको बीचमा शान्ति सम्झौता भएको छैन । त्यसको अर्थ हो – कुनै पनि क्षण युद्धको सम्भावना छ । यस तनावलाई घटाउन पुनः ६ पक्षको वार्ता र प्रजग कोरिया र संरा अमेरिकासँग शान्ति सम्झौता आवश्यक छ ।
संरा अमेरिकाले ६३ वर्ष अर्थात् दुई पुस्तादेखि प्रजग कोरियालाई आर्थिक नाकाबन्दी गर्दैछ । आर्थिक नाकाबन्दी एकप्रकारको आर्थिक लडाइँ हो । १९५० देखि १९५३ सम्म कोरियाली जनताले संरा अमेरिकी आक्रमणको विरोधमा जीवनमरणको सङ्घर्ष गरेर अमेरिकालाई पहिलोपल्ट पराजित गरेका थिए । पराजयको त्यो पीडा अमेरिकी साम्राज्यवादले आजसम्म पनि अनुभव गर्दैछ । अमेरिकी साम्राज्यवादले दक्षिण कोरिया, जापान र अरु छिमेकी दक्षिणपन्थी सरकारहरूलाई समेत मिलाएर उत्तर कोरियामाथि नाकाबन्दी लगाएको हो ।
प्रजग कोरियाली जनताले जबसम्म दैनिक आवश्यकीय वस्तु र हातहतियारमा आत्मनिर्भर बन्न सकिन्न तबसम्म बलिया देशले आफूलाई धम्की दिइरहनेछ भन्ने मन्त्रलाई बुझे । त्यसकारण प्रजग कोरियाले विज्ञान र प्रविधिसँगै रक्षा मामिलालाई समेत प्राथमिकता दिएर आफ्नो देशको रक्षाको सुनिश्चितता ग¥यो । अमेरिकी साम्राज्यवादले हातहतियारको धम्कीले आफूभन्दा कमजोर देशहरूलाई धम्की दिंदै र आक्रमण गर्दै अफ्गानिस्तान, इराक, लिविया, सिरिया आदि देशलाई धुजा–धुजा पा¥यो, लाखौं–लाख जनताको हत्या ग¥यो । यदि ती देशहरूसँग संरा अमेरिकाको जस्तै अत्याधुनिक हतियार भएको भए अमेरिकी साम्राज्यवादले ती देश र जनतालाई आक्रमण गर्ने, हत्या र हिंसा गर्ने आँट गर्दैनथ्यो ।

संरा अमेरिकाले ६३ वर्ष अर्थात् दुई पुस्तादेखि प्रजग कोरियालाई आर्थिक नाकाबन्दी गर्दैछ । आर्थिक नाकाबन्दी एकप्रकारको आर्थिक लडाइँ हो । १९५० देखि १९५३ सम्म कोरियाली जनताले संरा अमेरिकी आक्रमणको विरोधमा जीवनमरणको सङ्घर्ष गरेर अमेरिकालाई पहिलोपल्ट पराजित गरेका थिए । पराजयको त्यो पीडा अमेरिकी साम्राज्यवादले आजसम्म पनि अनुभव गर्दैछ । अमेरिकी साम्राज्यवादले दक्षिण कोरिया, जापान र अरु छिमेकी दक्षिणपन्थी सरकारहरूलाई समेत मिलाएर उत्तर कोरियामाथि नाकाबन्दी लगाएको हो ।

यसकारण प्रजग कोरियाले आफ्नो पटुका कसेर विभिन्न दूरीसम्म हान्ने दूरमारक यन्त्रहरू निर्माण गर्यो, १० वर्ष अगाडि नै भू–उपग्रह अन्तरिक्षमा पठायो । केही वर्ष अगाडि आणविक बमको सफल परीक्षणहरू गरिए तथा गएको वर्ष हाइड्रोजन बम परीक्षण गरियो । संरा अमेरिकाले कुनै पनि देशमा पहिले हमला गर्ने नीति पारित ग¥यो । त्यसको विरोधमा प्रजग कोरियाले पनि सम्भावित आक्रमण गर्ने देशमाथि पहिलो आक्रमण गर्ने नीति अगाडि सा¥यो । नेपाल र प्रजग कोरियाको क्षेत्रफल र जनसङ्ख्या बराबर छ, तर कोरियाली जनताको आफ्नो देशको विकास र शत्रुसँग लड्ने साहस अतुलनीय छ । तिनीहरूको कृषि, उद्योग वा अन्य सबै उत्पादन वा सेवाको वृद्धि देश र जनताको हितको निम्ति हुन्छ ।
आजभोलि कोरियाली जनता ‘सेना पहिलो’ भन्ने सोनगुन नीतिका प्रवर्तक प्रिय नेता र पूर्व सर्वोच्च सेनानायक किम जङ इलको ७५ औं जन्मदिवस ठूलो उत्साहपूर्वक मनाउँदै छन् । त्यही सोनगुन नीतिकै कारण प्रजग कोरियाले एकपछि अर्को प्रगति गर्दै गएको हो । कोरिया प्रायःद्वीपको तनाव घटाउने एउटै उपाय छ– प्रजग कोरिया र संरा अमेरिकाबीच शान्ति वार्ता र शान्ति सम्झौता । – श्रमिक साप्ताहिक (माघ ३) को सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *