भर्खरै :

नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन आग्रह

काठमाडौँ, २ फागुन । भारत भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन भारतीय नेताहरुलाई आग्रह गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा आज भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँगको भेटमा नेपालको आन्तरिक विषय नेपालका राजनीतिक दलको सहमति र सहकार्यमा नै अगाडि बढ्नु भएकाले अनावश्यक चासो नराख्न नेता श्रेष्ठले आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ ।
नेकपा(माओवादी केन्द्र), विदेश विभाग प्रमुख एवम् पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले आजै अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन प्रक्रियालाई अन्तिम रुप दिन सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको जानकारी दिनुभयो ।
निर्वाचन घोषणाका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएलगत्तै नेता श्रेष्ठ चारदिने भारत भ्रमणमा जानुभएको हो । मङ्गलबार नेता श्रेष्ठले सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *