मोबाइल स्क्रिनमार्फत हुने अपराध बढ्दो ‘अपराधमा महिला’ दोस्रो राष्ट्रिय सम्मेलन
- जेष्ठ २५, २०८३
भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा माघ २३ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भएको भूकम्पीय जोखिम न्यूनीकरण भवन निर्माणसम्बन्धी डकर्मी तालिम सम्पन्न भयो । कार्यक्रमका नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले तालिमले मानिसको व्यक्तित्व गुणस्त्तरीय बनाउने उल्लेख गर्दै उहाँले भूकम्पीय जोखिम न्यूनीकरण भवन निर्माणसम्बन्धी तालिम पाएका डकर्मी र सिकर्मीको महत्व बढिरहेको बताउनुभयो ।
सांसद सुवालले संरचना निर्माण कार्य भूमिको बनौटअनुसार निर्माण हुने संरचनाको वास्तुकला भूकम्पीय जोखिम न्यूनीकरण हुने ढङ्गले बनाउनुपर्ने विचार राख्दै भक्तपुरको कटुञ्जे, काभ्रेको पनौती र काठमाडौंको कीर्तिपुर ढुङ्गामा बनेको सहर भएकोले २०७२ वैशाख १२ गते गएको भूकम्पबाट कम क्षति भएको उल्लेख गर्नुभयो ।
तालिम पाएका डकर्मी कलाकारकै तहमा पुग्ने चर्चा गर्दै उहाँले मापदण्ड र आचारसंहिताविपरित संरचना निर्माण गर्न नहुने उल्लेख गर्नुभयो । पेशाप्रति इमानदार हुनुपर्ने आवश्यकता औंल्याउँदै सरकारले रोजगारीको नाउँमा युवाहरूलाई विदेशमा पठाइ निर्माण कमजोर पारेको हुँदा स्वदेशमै बसेर देश र जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ.सुजन माक, उपप्राचार्य आ. रजनी श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेज अर्थक्वेक विभागीय प्रमुख डा. मन्जिप शाक्यले डकर्मी तालिमको महत्वबारे बताउनुभयो भने प्रशिक्षार्थी लक्ष्मीभक्त गोसाईंले तालिमबाट धेरै ज्ञान पाएकोले उपलव्धीमूलक भएको बताउनुभयो । कार्यक्रमका सांसद सुवालले २५ प्रशिक्षार्थीहरूलाई प्रमाण–पत्र र प्रशिक्षकहरूलाई प्रशंसा–पत्र प्रदान गर्नुभयो ।
Leave a Reply