युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २८, २०८३
भारतको संसदमा भएको हमलाका एकजना अभियुक्त अफजल गुरुको फाँसीको सन्दर्भमा गएको वर्ष फेब्रुअरी ९ मा दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा आयोजित कार्यक्रममा संलग्न भएको आरोपमा त्यस विश्वविद्यालयका ६ जना विद्यार्थीहरूमाथि देशद्रोहको मुद्दा दायर गरियो । केही सञ्चारमाध्यमहरूले त्यस कार्यक्रममा उनीहरूले राष्ट्रविरोधी नाराबाजी भन्दै चर्कै हल्ला गरेपछि आरोपित केही विद्यार्थी भूमिगत बन्न बाध्य भएका थिए । उनीहरूमध्ये तीन जनालाई गिरफ्तार गरियो । विश्वविद्यालयले उनीहरूमध्ये केहीलाई जरिवानादेखि केहीलाई निष्काशनसम्मको सजाय तोकेको थियो । जेएनयुको प्रशासनले गरेका यस्ता कारबाहीविरुद्ध सुरु भएको आन्दोलन चाँडै नै देशभर फैलियो ।
दिल्ली उच्च अदालतले गएको मे महिनामा छ जना विद्यार्थीहरूमाथि तोकिएको सजाय खारेजीको फैसला गरेको थियो । तर उनीहरूले आफूमाथि विश्वविद्यालय प्रशासनले ‘प्रशासनिक हमला’ गर्न नछोडेको बताएका छन् । प्रशासनका सूचना र वक्तव्यहरू ‘प्रसाद बाँडेजस्तै’ वितरण हुने गरेको छ, कन्हैया कुमारले भने । कुनै कुनै सूचना त त्यो घटना हुनुभन्दा महिना दिन अझ वर्ष दिनअघिका विरोध कार्यक्रमहरूसम्बन्धी हुने गरेका छन्, उनले भने ।
त्यो घटना भएको आज एक वर्ष बितिसकेको छ । सो विवादको केन्द्रमा रहेका छ जनामध्ये पाँच जना आज पनि त्यही विश्वविद्यालयमा आफ्नो अध्ययनलाई जारी राखेका छन् । एक जना आफ्नो विद्यावारिधिको शोध सकाएर बाहिरिइसकेका छन् । तर उनीहरू अझै पनि फेब्रुअरी ९ को घटनाको विषयलाई लिएर आफूलाई सताइन बन्द नभएको बताउँछन् । उनीहरूकै शब्दमा ‘जेएनयुमाथि हमला’ को पहिलो वार्षिकी मनाउने तरिका खोज्दै गर्दा उनीहरूभित्रको उत्साह र आक्रामकता अझै सेलाइसकेको छैन ।
देशद्रोह र स्वतन्त्रतामाथि बहस गर्न एउटा आमसभाको कार्यक्रम तय गरिएको छ । तर कुन दिनमा सो कार्यक्रम गर्ने भन्ने विषयमा भने टुङ्गो लागिसकेको छैन । एक समूह विद्यार्थी फेब्रुअरी ९ को दिन त्यो कार्यक्रम गर्नुपर्ने तर्क गरिरहेका छन् भने अर्को समूह फेब्रुअरी १२ को दिन गर्नुपर्ने तर्क गर्दैछन् । फेब्रुअरी ९ जेएनयु विद्यार्थी युनियनका सभापति कन्हैया कुमारलाई दिल्ली प्रहरीले गिरफ्तार गरेको दिन थियो । त्यो दिन कार्यक्रम गर्ने पक्षका विद्यार्थीहरू त्यही दिन जेएनयुमाथि ‘वास्तविक हमला’ भएको विचार राख्दै आएका छन् ।
दिल्ली उच्च अदालतले गएको मे महिनामा छ जना विद्यार्थीहरूमाथि तोकिएको सजाय खारेजीको फैसला गरेको थियो । तर उनीहरूले आफूमाथि विश्वविद्यालय प्रशासनले ‘प्रशासनिक हमला’ गर्न नछोडेको बताएका छन् । प्रशासनका सूचना र वक्तव्यहरू ‘प्रसाद बाँडेजस्तै’ वितरण हुने गरेको छ, कन्हैया कुमारले भने । कुनै कुनै सूचना त त्यो घटना हुनुभन्दा महिना दिन अझ वर्ष दिनअघिका विरोध कार्यक्रमहरूसम्बन्धी हुने गरेका छन्, उनले भने ।
जेएनयु विद्यार्थी युनियनका पूर्वउपसभापति तथा आरोपित ६ जना विद्यार्थीहरूमध्येका एक अनन्तप्रकाश नारायणले भने, ‘उनीहरू हामीलाई खराब तत्व वा अपराधीहरूको रुपमा प्रस्तुत गर्न चाहन्छन् । उनीहरू हामी यहाँ पढ्न होइन, राजनीति गर्न आएका भनी प्रमाणित गर्न खोज्दैछन् ।’
विद्यार्थीहरूले आफूविरुद्धको अनुसन्धानका बाँकी प्रक्रिया पूरा गर्न विश्वविद्यालय प्रशासन उदासिन भएको आरोप लगाएका छन् । प्रशासनको उदासिनताका कारण उनीहरूको उल्झनबाट ‘मुक्त हुन’ गा¥हो भइरहेको उनीहरूको भनाइ छ ।
क्याम्पस बाहिर दिल्ली प्रहरीको प्रतिआतङ्कवाद हेर्ने विशेष एकाइले लगाएको देशद्रोहीको मुद्दा अझै पार लागेको छैन । त्यस एकाइका प्रमुखलगायत धेरैजसो अनुसन्धान अधिकारीहरू अन्यत्र अरु विभागहरूमा सरुवा भइसकेका छन् । दिल्ली प्रहरीमा पनि बितेको साल दुई जना प्रहरी कमिशनरले नेतृत्व सम्हालिसकेका छन् । घटना हुँदा बखतका प्रहरी कमिशनर बीसी बास्सीले यो मुद्दा सही तरिकाले सम्हाल्न नसकेको भन्दै चर्को आलोचना खेप्नुपरेको थियो । तर उनी पछिका कमिशनरहरूले विश्वविद्यालयकै पक्ष लिएर कारबाही गर्ने काम भयो । प्रहरीले नोभेम्बर महिनामा मात्र सो मुद्दासँग सम्बन्धित सबै मानिसहरूसँग सोधपुछ गर्ने काम सिध्याएका थिए । त्यही महिना मात्र प्रमाणका कागजात र एउटा प्रतिवेदन पेश गरिएको थियो । तर त्यो पनि अभियोग पत्र नै भने थिएन, आफ्नो नाम गोप्य राख्न चाहने एक जना वरिष्ठ प्रहरी अधिकृतले भने ।
घटना भएको एक वर्षपश्चात छ जनामध्ये तीन जना विद्यार्थीहरूसँग कुराकानी गरेको छ । उनीहरू सबै जना विद्यार्थी राजनीतिमा अझै सक्रिय नै छन् ।
कन्हैया कुमार वर्ष ३०, विद्यावारिधि चौथो वर्ष

कन्हैया कुमार जेएनयुबाट चार महिनाको विदामा छन् र आजभोलि दक्षिण अफ्रिकामा सामाजिक रुपान्तरण विषयमा शोधपत्र लेख्दैछन् । साथै उनी विश्वविद्यालय प्रशासनबाट एकपछि अर्को आइरहने स्पष्टिकरणको मागसँग भिडिरहेका छन् । उनलाई मध्यप्रदेशको ग्वालियोरमा अदालतमा हाजिर हुन पनि बोलाइएको छ । दिल्लीमा दर्ता गरिएको देशद्रोहीको मुद्दा अतिरिक्त उनकै शब्दमा ‘विभिन्न अरु स्थानहरूमा झण्डै १५ स्थानहरूमा मुद्दा दायर गरिएको छ–हैदराबाद, ग्वालियोर र बिहारका थुप्रै जिल्लाहरूमा ।’ ती सबै अभियोग पत्रमा उनी भन्छन्,‘देशविरोधी, सेनाविरोधी र भारतलाई टुक्रा–टुक्रा बनाउन खोजेको आदि कुरा लेखिएको छ ।’
सरल स्वभावका कन्हैया कुमारलाई फेब्रुअरी १२ का दिन देशद्रोहीको आरोपमा गिरफ्तार गरेपश्चात तत्काल प्रख्यात बनाइदियो र त्यसपछि उनी भारतका विभिन्न स्थानहरूमा एक जना लोकप्रिय वक्ताका रुपमा पुगिसकेका छन् । बिहारपछि उनले यो क्रममा धेरै पटक केरलाको भ्रमण गरिसकेका छन् । आफ्नो एक महिनाको जेलजीवनका क्रममा उनले एउटा पुस्तक तयार पारेका छन्–फ्रम बिहार टु तिहाड । अक्टोबरमा त्यो पुस्तक प्रकाशित भयो । कुमार आजभोलि साहित्यिक महोत्सवहरूमा आमन्त्रित हुने गरेका छन् ।
फेब्रुअरी ९ घटनामा संलग्न भएवापत उनलाई १० हजार भारु जरिवाना तोकिएको थियो तर उनले अदालतमा सो जरिवाना नतिर्ने घोषणा गरे । प्रहरी मुद्दाको सन्दर्भमा उनले त्यसमाथि राम्रो अनुसन्धानको माग गरेका छन् । ‘अन्यथा सरकारले कानुनलाई विद्यार्थीहरूविरुद्ध प्रयोग भएको भन्ने रुपमा लिइनेछ र त्यो हास्यास्पद हुनेछ ।’, उनले भने ।
आफ्नो विद्यावारिधिको पढाइ सके पछि उनी पढाउने काममा लाग्ने विचारमा छन् । उनी कुनै राजनीतिक दलमा लागेर राजनीतितिर लाग्नेछन् वा लाग्नेछैनन्, यो विषयमा उनी कुनै टुङ्गोमा पुगिसकेका छैनन् ।
उमर खालिद, वर्ष २९, विद्यावारिधि चौथो वर्ष

सेप्टेम्बरमा दक्षिण दिल्लीको वसन्त विहारको एउटा सिनेमा घरमा उमर खालिदमाथि भीडद्वारा कुटपिट भयो । बजारमा अपरिचितहरूले उनलाई आतङ्कवादी भनियो । तर खालिद त्यस्ता अनावश्यक टिप्पणीको सामना गर्नमा आत्मविश्वासी बनिसकेका छन् । ‘जब तपार्इं एउटा फासीवादी सरकारविरुद्ध लड्नुहुन्छ भने तपाईं पक्कै पनि आँखाको धुलो बन्नुहुन्छ ।’, उनले तर्कपूर्ण रुपमा भने, ‘तपाईंले वास्तविक धरातलमा उभिनुपर्ने हुन्छ ।’
उनले आफूमाथि तोकिएको दुवै सजाय मानेनन् । उनले न त एक सेमेस्टरसम्म निष्काशन गर्ने कारबाहीको पालना गरे न त जरिवाना नै तिर्ने मञ्जुर भए । फेब्रुअरी ९ को कार्यक्रमको आयोजक भएको नाताले उनले केही समय तिहाड जेलमा पनि बस्नु प¥यो ।
खालिदको सन्दर्भमा क्याम्पसमा केही परिवर्तनहरू भएका छन् । उनी आफ्नो विद्यावारिधिको लागि अझै झारखण्डको सिंगभुम जिल्लाको इतिहासलाई पछ्याइरहेका छन् र हिजोजस्तै विरोधका कार्यक्रमहरूमा सहभागी बनिरहेका छन् । तथापि उनी हिजोजस्तै अपरिचित छैनन्, बरु ‘सबैतिर उनी चिनिएका छन् ।’ विश्वविद्यालयका विद्यार्थी नाजीब अहमद बेपत्ता भएलगत्तै उनी गएको अक्टोबरमा विश्वविद्यालयमा भएका विरोध कार्यक्रमहरूमा सहभागी बनेका थिए । राष्ट्रिय स्वयम्सेवक सङ्घसँग सम्बद्ध विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्का सदस्यहरूसँग विवाद गरेको भन्दै नाजीबलाई बेपत्ता बनाइएको थियो ।
खालिदले जेएनयुका विद्यार्थीहरूले भोगेको ‘चर्को दमन’ को एउटा सकारात्मक परिणाम आएको बताए । ‘क्याम्पसहरूमा विद्यार्थीहरूबीचको ऐक्यबद्धता’ त्यो सकारात्मक परिवर्तन हो । उनले घरबाट आउने गरेका केही दबाबमा केही सहजता भएको छ । गएको वर्ष भएको विवादास्पद घटनाको क्रममा उनी भूमिगत बसेको समयमा उमरका दुई जना बहिनीले धम्कीको सामना गर्नुपरेको थियो । उनीहरूका विषयमा नकारात्मक टिकाटिप्पणी फैलाइएको थियो । फलतः भर्खर १२ वर्षका बहिनीहरू स्कूल जानबाट वञ्चित भएका थिए र उनीहरूले आफ्नो विद्यालयको परीक्षासमेत छोड्नुपरेको थियो । खालिदका अनुसार आजभोलि यस्ता धम्कीहरू आउन बन्द भएका छन् ।
तथापि अझै पनि उनका बुबा सायिद कसिम रासुल इलायसलाई हाल प्रतिबन्धित रहेको भारतीय इस्लामिक विद्यार्थी आन्दोलनमा विगत सन् १९८५ ताकाको उनको संलग्नतालाई लिएर सार्वजनिक स्थानहरूमा जान–आउन त्यत्ति सहज भने बनिसकेको छैन । हाल हितकारी पार्टीका नेतृत्वमा रहेका इलायस यही कारणले आफ्नो छोरालाई अघिल्लो साल ‘ब्रान्डेड आतङ्कवादी’ ठह¥याइएको धारणा राख्छन् ।
आज पनि आफ्नो बुबाको राजनीतिभन्दा आफ्नो राजनीति नितान्त फरक भएको उमर बताउँछन् ।
विद्यावारिधि सके पश्चात आफू एकजना लेखक बन्ने चाहना भएको उनले बताए ।
अन्वर्त भट्टाचार्य, वर्ष ३१, विद्यावारिधि शोध सम्पन्न

गत वर्ष फेब्रुअरी १९ का दिन पश्चिम बङ्गालको दूवर्स क्षेत्रमा चियाखेतीमा कामदारहरूको इतिहासमाथिको शोधका लागि स्थलगत अध्ययन गर्न त्यतातिर जाने कार्यक्रम तय भइसकेको थियो । विश्वविद्यालयमा अफजल गुरुसम्बन्धि कार्यक्रमको उनी आफै एक जना आयोजक थिए । सो कार्यक्रमको १० दिनपछि नै उनी दुवर्सतिर जाने कार्यक्रम तय भइसकेको थियो । तर उनी त्यहाँ जानै पाएनन् ।
‘पछिल्ला केही महिना निकै महत्वपूर्ण हुने गर्दछन्’, आजभोलि दिल्लीको एउटा अनुसन्धान संस्थामा अनुसन्धाताको रुपमा काम गरिरहेका भट्टाचार्यले भने,‘म जेलबाट छुट्दासम्म स्थल भ्रमणको पुनःयोजना कुनै विकल्प थिएन । मेरो शोधपत्रको अन्तिम खण्डमा परिमार्जन गर्नुपर्ने बाध्यता आइलाग्यो ।’
भट्टाचार्यलाई अप्रिल २५ देखि जुलाई १५ सम्म विश्वविद्यालयबाट निष्काशन गरियो तर विद्यावारिधिको शोधपत्र बुझाउन जुलाई १५ सम्म जम्मा ९ दिन मात्र समय दिइयो । उनी ९ दिनभित्र शोधपत्र बुझाउन तयार त भए तर भाइभाका लागि केही समय मागेका थिए । ‘तर प्रशासनलाई मसँग समस्या थियो र त्यसको कारण फेब्रुअरी ९ को घटना थियो ।’, उनले भने । क्याम्पसले उनलाई जुलाई २५ सम्मको मात्र समयावधि दियो र जरिवाना भारु २० हजार तोकियो ।
तर उनले आफू ‘जेएनयुको आन्दोलनमा विगतमा जस्तै संलग्न रहेको’ बताए । उनले थपे,‘वास्तवमा गएको सालको फेब्रुअरीको घटनाले विद्यार्थीहरूबीच राजनीतिक सचेतता बढाएको छ । सिद्धान्तमात्र अध्ययन गर्दा निकै टाढा रहने विषयका व्यवहारिक पाटो उनीहरूले नजिकबाट हेर्ने अवसर पाए ।’
नजीब अहमद बेपत्ता हुनु विश्वविद्यालयमाथि अर्को हमला भएको उनको दाबी छ । ‘फेब्रुअरी सन् २०१६ यता धेरै हमलाहरू भएका छन् । विरोध कार्यक्रम हुने स्थानमा ग्रिल बनाउनु, विद्यार्थीहरूविरुद्ध अनपेक्षित मात्रामा सूचनाहरू जारी गर्नु र विश्वविद्यालयमा भर्नाको आधार नै पटक–पटक परिवर्तन गर्नु आदि यसका उदाहरण हुन्’, उनले भने,‘विद्यार्थीहरूको प्रतिरोध आन्दोलनका लागि यी सबै चुनौतीहरू हुन् ।
स्रोतः इस्क्रोल.आइएन
अनुवादः नीरज
Leave a Reply