नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
राम्जी ब्यारोड
(राम्जी ब्यारोड एक पत्रकार, लेखक र प्यालेस्टाइन् क्रोनिकल पत्रिकाका सम्पादक हुन् । ‘अन्तिम पृथ्वीः एक प्यालेस्टिनी कथा’ (The Last Earth: A Palestinian Story) पुस्तकका लेखक ब्यारोडले इक्सेटर विश्वविद्यालय दुबइबाट प्यालेस्टाइनी अध्ययनमा विद्यावारिधि गरेका छन् – सम्पादक) ।
इजरायल र हमास नेतृत्वको गाजापट्टिको खेमाले स्थायी युद्धविराम गरेको सत्य भए पनि या नभए पनि, वास्तविक सत्य भने प्यालेस्टाइनीहरूको विभाजनबाट इजरायल र पश्चिमा साम्राज्यवादीहरूले खेल्ने मौका पाइरहेका छन् ।
यहुदी राज्य इजरायल खेलका नियमहरू पूर्णतया परिवर्तन गर्न चाहन्छ । संरा अमेरिकी राष्ट्रपति ट्रम्प सरकारको निःशर्त समर्थनलाई तेलअभिभ (इजरायली सरकार) ले विगतका दसकमा जे जस्तो सम्झौता भए तथा कथित ‘प्यालेस्टाइनी–इजरायली द्वन्द्व’ को कानुनी र राजनीतिक आधारहरू स्थापित भए पनि ती सबैलाई पुनरावलोकन र पुनर्परिभाषित गर्ने सुनौलो मौकाको रूपमा हेर्छ ।
यतिखेरसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीति दिशाहीन र अनुमानै गर्न नसकिने देखिएको छ । तर, इजरायल र प्यालेस्टाइनप्रतिको उनको प्रशासनको दृष्टिकोण प्रणालीसङ्गत र अपरिवर्तनीय देखिएको छ ।
यो सामञ्जस्य ‘प्यालेस्टाइनी–इजरायल द्वन्द्व’ लाई अन्तर्राष्ट्रिय कानुन र संरा अमेरिका प्रायोजित पुराना’ शान्ति प्रक्रियाहरूबाट समेत मुक्त गर्नेमा लक्षित बृहत् दृष्टिकोणको एक भागको रूपमा देखिएको छ ।
निश्चय नै त्यस नयाँ रणनीतिले पूर्वी जेरूसेलमलाई प्यालेस्टाइनको कब्जा गरिएको सहरको रूपमा कमाएको ख्याती र त्यहाँ प्यालेस्टिनी शरणार्थीहरू फर्कन पाउने अधिकारलाई नामेट पार्ने उद्देश्य राखेको छ । त्यस रणनीतिले इजरायलको आफ्नो रणनीतिक लक्ष्य प्राप्तिको निम्ति नयाँ वास्तविकता सिर्जना गर्ने र प्यालेस्टिनीहरूको मामिलालाई मात्र मानवीयताको विषयका रुपमा सीमित गर्ने लक्ष्य राखेको छ ।
प्यालेस्टिनी खेमाहरू
इजरायल र संरा अमेरिकाले दुई प्यालेस्टिनी खेमाहरू फताह र हमासबीचको विभाजनलाई आफ्नो फाइदाको लागि प्रयोग गरिरहेको कुनै आश्चर्यको विषय होइन । फताहले प्यालेस्टिनी प्राधिकार र रमल्लाहमा आफ्नो बहुमत कायम गरेको छ भने प्यालेस्टिनी इस्लामिक आन्दोलन–हमासले गाजापट्टि कब्जामा राखेको छ ।
संरा अमेरिकाले प्यालेस्टिनीहरूका लागि ‘गाजर र लठ्ठी’ को सिद्धान्त लागू गर्दै आएको छ । वषौंसम्म फताहले कयौं आर्थिक र राजनीतिक पोकाहरू वासिङ्टनबाट प्राप्त गर्दै आएको छ भने गाजामा हमासलाई पूर्णतया अलग्गथलग्ग बनाई कब्जा र निरन्तर युद्धको अवस्थामा राखेको छ । तर, ट्रम्पका वरिष्ठ सल्लाहकार तथा यहुदी ज्वाइँ ज्यारेड कुशनरको नेतृत्वमा ट्रम्प प्रशासनले टेबल परिवर्तन गर्दैछ ।
कारण वासिङ्टनका लागि अब प्यालेस्टिनी प्राधिकार ‘मध्यमखाले’ प्यालेस्टिनी नेतृत्व रहेको छैन र सधैं वासिङटनको नीतिको सेवा गर्दै आएका महम्मुद अब्बासले जेरूसलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी प्रशासनको निर्णयविरूद्ध अमेरिकी प्रशासनलाई बहिस्कार गर्दै आएका छन् । सत्य कुरा त अब्बासको वफादारिता विगतमै सफलतापूर्वक परीक्षण गरिसकेको थियो तर, नयाँ अमेरिकी प्रशासन मातहत संरा अमेरिकाले प्यालेस्टिनी प्राधिकारसित ‘पूर्ण आदर’ वा पूर्ण वफादारिता माग ग¥यो ।
चारैदिशाबाट शिल गरिएको सीमाभित्र कैद हमास इजिप्ट र कतारका अधिकारीहरूमार्फत इजरायलसित अप्रत्यक्ष सम्पर्कमा थियो । उक्त अप्रत्यक्ष सम्पर्क वा वार्ताको परिणाम छोटो अवधिको युद्धविरामको रूपमा आयो भने लामो समयको लागि युद्धविरामबारे छलफल चलाइरहेको छ । त्यस मोर्चाको पछिल्लो विकास कुशनरले मध्यपूर्वका लागि अमेरिकी विशेषदूत ज्यासन ग्रीनब्लाटसँगै इजरायल र कतारको अगस्टको दोस्रो अन्तिम हप्ता गरेको भ्रमण हो । त्यस भ्रमणमा मुख्य विषय नै गाजापट्टि थियो ।
कूटनीतिको पुनर्परिचालन
किन त्यति लामो समयसम्म अलग्याइएको गाजापट्टि अमेरिकी र इजरायलीहरूको लागि प्राथमिकता बन्यो र ती देशहरूले मध्यपूर्वको कूटनीतिलाई पुनर्परिचालन गर्दैछन् ?
बिडम्बना गाजाले यतिखेर अत्यन्त गहिरो कष्ट व्यहोरिरहेको छ । सि·ो गाजापट्टि गहिरिंदो मानवीय सङ्कट (भोक, प्यास, औषधिमूलोको नितान्त अभाव र इन्धनको अभावमा नितान्त अन्धकार) मा झन्–झन् भासिंदै गएको छ । अगष्ट महिना सबैभन्दा पीडादायी महिना बन्यो ।
संरा अमेरिकाको श्रृङ्खलाबद्ध आर्थिक सहयोग कटौतीले गाजामा सञ्चालन भइरहेका सामाजिक–आर्थिक पूर्वाधार निर्माणलाई अधुरो पा¥यो । अति गरिबी र चौतर्फी घेराबन्दी तथा कडा आर्थिक नाकाबन्दीले समस्यालाई झन् गहिरो बनायो ।
अगस्ट ३१ का दिन ‘विदेश नीति’ पत्रिकाले अमेरिकी प्रशासनले प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संस्था – युनरा (यूएनआरडब्लूए) लाई सञ्चालन खर्चसम्म पनि दिन अस्वीकार गरेको समाचार दियो । गत जनवरीदेखि संरा अमेरिकाले त्यस संस्थाको कोषमा जाने सहायताहरूमा व्यापक कटौती गरिसकेको छ । अहिले त्यस संस्थाको भविष्य गम्भीर खतरामा छ । त्यसको एक हप्तापछाडि नै अर्को चिन्ताजनक समाचार सार्वजनिक भयो, जसमा संरा अमेरिकाले प्यालेस्टिनीहरूलाई सहयोगका रूपमा छुट्याएको २० करोड डलर कटौती गरी अन्य प्रयोजनमा खर्च गर्ने घोषणा ग¥यो । अमेरिकी वा अन्य वैदेशिक सहायताको सबैजसो कोष प्यालेस्टाइनको पश्चिम किनारामा विकास परियोजनाहरूमा र गाजामा मानवीय सहायतामा खर्च भइरहेको थियो ।
किन संरा अमेरिकाले गाजामा अत्यन्त ठूलो मानवीय सड्ढट सिर्जना ग¥यो ? इजरायलको दक्षिणपन्थी सरकार, जसको हात हजारौं प्यालेष्टिनी युवाहरूको रगतले लत्पतिएको छ, अहिले आएर गाजाको मानवीय सड्ढटलाई अन्त्य गर्न भन्दै वार्ताको लागि योजनाबद्धरूपमा अगाडि बढिरहेको छ ?
यी प्रश्नको जवाफ संरा अमेरिकाको इजरायलको हितका निम्ति राजनीतिक सम्झौतामा पु¥याउन प्यालिस्टिनीहरूलाई दिइएको सहायतामा गरिएको चलखेलले नै स्पष्टरूपमा दिन्छ ।
केही महिना अगाडि इजिप्टले मध्यस्थता गरेको इजरायल–हमास कयौं चरणको अप्रत्यक्ष वार्ताका क्रममा नै गाजाको भविष्यका बारेमा इजरायली र अमेरिकी दृष्टिकोण परिवर्तन भएको छनक देखिएको थियो । यदि हमासले पूर्ण स्वाधीन प्यालेस्टाइनको माग छाडेर इजरायल र संरा अमेरिकासित सहकार्य गरेमा
(आत्मसमर्पण गरेमा) गाजामाथिको शिलबन्दी र नाकाबन्दी हटाइने सड्ढेत गरिएको थियो ।
जनवरी ३१ का दिन इजरायले बेल्जियमको ब्रसेल्समा उच्च तहको सम्मेलन गरी १ अर्ब डलरको गाजाको लागि ‘मानवतावादी सहयोग योजना’ प्रस्ताव ग¥यो । उक्त आयोजनाले विशेष गरी पानी शुद्धिकरण र वितरण, बिजुली र ग्यासको पूर्वाधार निर्माण तथा संयुक्त औद्योगिक क्षेत्र निर्माण समेटेको छ । प्रस्तावित लामो अवधिको युद्धविराम पछाडि इजरायल–गाजाको सीमा मेट्ने इजरायली अभिष्ट लुकेको छ ।
उक्त सम्मेलनमा विशेषदूत ग्रीनबाल्टका साथै कुशनर पनि सहभागी थिए र उनले ट्रम्पको अस्पष्ट दृष्टिकोण लागू गरिनुपर्ने बताउँदै त्यसलाई ‘यस शताब्दीको सम्झौता’ नामकरण गरेका थिए ।
त्यसको दुई महिना पछाडि कुशनरले १९ देशका उच्च अधिकारीहरूको बैठक राखी गाजाको मानवीय सड्ढटबारे छलफल चलाएका थिए । स्पष्ट छ, यी सबै गतिविधिहरूबीच साझा धागो (लक्ष्य) रहेको छ – गाजाको आत्मसमर्पण ।
नयाँ रणनीति
संरा अमेरिकाले गत डिसेम्बरमा जहिलेदेखि अन्तर्राष्ट्रिय कानुनलाई मान्यता नदिने र आफ्नो राजदूतावास तेलअभिभबाट जेरूसेलममा सार्ने निर्णय ग¥यो, त्यतिबेलादेखि नै यो एउटा नयाँ रणनीतिको खोजीमा छ, जुन नीतिले रमल्लाहको प्यालेस्टिनी प्राधिकारलाई घेराबन्दी गरोस् ।
प्यालेस्टिनी प्राधिकारका राष्ट्रपति महम्मुद अब्बास, जसको राजनीतिक सोपान अधिकांशतः इजरायल, संरा अमेरिका र पश्चिमा देशको राजनीतिक मान्यता र आर्थिक सहायता निर्भर छ, पछिल्लो समय अलि बढी राजनीतिक मोलमोलाइमा उत्रेका देखिन्छन् ।
हमाससित तुलनात्मकरूपमा बढी राजनीतिक पूँजी छ किनभने यसले आफ्नो सञ्चालन खर्चका निम्ति इजरायल, संरा अमेरिकालगायत पश्चिमा क्याम्पमाथि कमैमात्र निर्भरता देखाएको छ । तर वर्षांैवर्षको अन्त्यहीन कब्जा, शिलबन्दी र इजरायलको नरसंहारकारी युद्धका कारण गाजा स्थायी मानवीय सड्ढटको स्थितिमा पुगेको छ ।
इजरायल र हमास नेतृत्वको गाजा अस्थायी युद्धविराममा पुगी १५ अगष्टदेखि लागू भइरहेको अवस्थामा लामो इजरायली दैनिक समाचारपत्र ह्यारिट्जले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै लेख्यो – स्थायी युद्धविराम सम्झौतामा बृहत् युद्ध विराम, सबै सीमा नाका खोल्ने, गाजाको समुद्री तटमा माछा मार्ने अनुमतिप्राप्त क्षेत्रको विस्तार र गाजाको ध्वस्त आर्थिक पूर्वाधारको पुनःनिर्माणको साथै अरू पनि थुप्रै पुरस्कार समेटिने छन् ।
यतिखेर रमल्लाहका प्यालेस्टिनी अधिकारीहरू रणभुल्लमा छन् । प्यालेस्टिनी प्राधिकारका प्रमुख वार्ताकार सैव इरेकातले इजरायलसित अलग्गै सम्झौता गरी हमासले प्यालेस्टिनी राष्ट्रिय परियोजना ध्वस्त पार्न लागेको आरोप लगाइरहेका छन् । बिडम्बना, फताहको बहुमत भएको प्यालेस्टाइन मुक्ति सङ्गठन र प्यालेस्टिनी प्राधिकारले विगत २५ वर्षदेखि यही नै गर्दै आएका छन् । तर पनि गाजाको भविष्यलाई समग्र प्यालिस्टनीहरूको भविष्यसित नजोडेमा त्यसले खतरनाक परिणामतिर डो¥याउने निश्चित छ ।
इजरायल र हमास नेतृत्वको गाजा खेमाबीच स्थायी युद्धविराम भए पनि नभए पनि दुःखका साथ त्यो सत्य भन्नैपर्छ कि वासिङ्टन र तेलअभिभले भ्रमको संसार खडा गरेर आफ्नो फाइदाको लागि प्यालेस्टिनी विभाजनको पूर्णतया दोहन गर्दैछन् । त्यसको सम्पूर्ण दोष प्यालिस्टिनी नेतृत्वहरूलाई जान्छ ।
(What lies beneath: the US-Israeli plot to ‘Save’ Gaza)
अनुवाद ः प्रकाश
Leave a Reply