नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
निकारागुआ, ११ सेप्टेम्बर । निकारागुआका राष्ट्रपति ड्रयानियल ओर्टेगाले संरा अमेरिकी तथा क्षेत्रीय दक्षिणपन्थी सरकारबाट आफ्नो सरकारविरुद्ध सैनिक हमलाको खतरा रहेको भए पनि आफू डोनाल्ड ट्रम्पसँग कुराकानी गर्न खुला रहेको बताएका छन् । फ्रान्स २४ टीभीसँगको एउटा लामो अन्तर्वार्तामा समाजवादी विचारका नेता ओर्टेगाले यस्तो भनेका हुन् । ‘‘हामी खतरामा छौं । संरा अमेरिकाको सन्दर्भमा हामीले कुनै पनि कुरा यसै हो भन्न सक्दैनौं । संरा अमेरिकाबाट हामीमाथि सैनिक हमला हुँदैन भन्न पनि सक्ने अवस्था छैन ।’’ उनले भने ।
ओर्टेगाको यस्तो भनाइप्रति संरा अमेरिकी सरकारले कुनै औपचारिक टिप्पणी गरेको छैन । तर सन् २०१७ को अक्टोबरमा पारित गरिएको निकारागुआमा लगानीको अवस्थासम्बन्धी ऐन लागू गर्ने तयारी वाशिङ्टनले गरेको छ । यो कानुन कार्यान्वयनमा लाग्नुको अर्थ भेनेजुयलामा जस्तै निकारागुआमा पनि संरा अमेरिकी कडा नाकाबन्दी लाग्नेछ ।
अन्तर्वार्तामा ओर्टेगाले आगामी सेप्टेम्बर २४ मा न्युयोर्क सहरमा हुने संयुक्त राष्ट्र सङ्घीय महासभाको क्रममा ट्रम्पसँग भेट्न आफू तयार गरेको बताए ।
‘‘संरा अमेरिकाजस्तो शक्तिसँग संवाद गर्ने विचार आवश्यक छ ।’’, राष्ट्र सङ्घीय महासभामा जाँदा ट्रम्पसँग भेट्ने उपयुक्त समय हुनसक्ने उनको विचार थियो ।
गएको साता संयुक्त राष्ट्र सङ्घका लागि संरा अमेरिकी दूत निक्की हेलीले सुरक्षा परिषद्लाई निकारागुआ र भेनेजुयलालाई विश्वशान्तिको लागि खतरा भन्दै छलफलको विषय बनाउन प्रस्ताव गरेका थिए । सो प्रस्तावको चीन, रुस, बोलिभिया र इथियोपियाले अस्वीकार गरेका थिए । ती देशहरूले ल्याटिन अमेरिकाका दुई देश अन्तर्राष्ट्रिय सुरक्षा खतरा नभएको बताएका थिए ।
निकारागुआमा हालैका महिनामा राजनीतिक विपक्षीहरूले विदेशी शक्तिको आडमा ओर्टेगा सरकारविरुद्ध हिंसात्मक आन्दोलन गर्दै आएको थियो ।
Leave a Reply