भर्खरै :

प्रत्यारोपण केन्द्रमा अत्याधुनिक सीटी स्क्यान र क्याथ ल्याब

भक्तपुर, २७ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबारदेखि अत्याधुनिक सीटी स्क्यान तथा क्याथ ल्याब सेवा सुरु गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो सेवा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै यादवले चिकित्सकहरू ग्रामीण क्षेत्रमा बस्न गा¥हो मानेको बताउँदै काठमाडौंमा सरुवाको माग गर्दै मन्त्रालयमा ओइरो लाग्ने गरेको बताउनुभयो ।
यादवले ८५ देखि ९० प्रतिशत जनता गाउँमा बस्ने गरेको तर ८० प्रतिशतभन्दा बढी डाक्टर सहरमा बस्ने गरेको उल्लेख भन्दै यो असमान अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. राकेश वर्मा, डा. कल्पना श्रेष्ठ र नर्सिङ विभागका पूर्व संयोजक इन्दिरा प्रधानलाई सम्मान गरिएको थियो ।
कार्यक्रम केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको उपस्थितिमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *