तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २७ भदौ । ३८ औं नेपालभाषा साहित्य तःमुज्या तथा सांस्कृतिक कार्यक्रम आयोजक समितिको आयोजनामा गठित विभिन्न उपसमिति संयोजकहरूको भेला तथा आयोजक समितिको बैठक मङ्गलबार सम्पन्न भयो ।
भेलामा तःमुंज्या मूल समारोह समितिका अध्यक्ष चन्द्रबहादुर उलकले तःमुंज्या मजदुर र किसान जनताको आफ्नै दबु भएको हुनाले यसको संरक्षण आफैले गर्नुपर्नेमा जोड दिंदै मजदुर वर्गको दबुमा मजदुर वर्गकै नयाँ लेखक, कवि, कलाकार तयार गर्ने काममा यसले सफलता पाउँदै आएको बताउनुभयो । उहाँले परिवर्तित समयलाई मध्यनजर गर्दै नयाँ नयाँ विषयमा साहित्य सृजना गर्न सर्जकहरूलाई निर्देशन दिंदै ठूलो कार्यक्रमको सफलताको लागि ठूलै जनशक्तिको आवश्यकता हुने भएकोले सबैलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभयो ।
तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले तः मुंज्या कामदार जनताको आफ्नो आवाज राख्ने महत्वपूर्ण दबु भएकोले बढीभन्दा बढी कामदार जनतालाई सहभागी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त भेलामा आर्थिक उपसमिति संयोजक जितेन्द्र मुनंकर्मी, सांस्कृतिक उपसमिति संयोजक लक्ष्मीप्रसाद चवाल, स्थल व्यवस्थापन उपसमिति संयोजक तीर्थमान दुमरु, विशिष्ट पाहुना व्यवस्थापन उपसमिति संयोजक कृष्णश्वरी सुवाल, स्वास्थ्य उपसमिति संयोजक विजयालक्ष्मी शाक्य, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजक दिलिपनारायण श्रेष्ठ, साहित्यिक उपसमिति संयोजक अमोद उलक, मञ्च व्यवस्थापन उपसमिति संयोजक हेरा ख्याजूलगायतले हालसम्म भएका कार्यको प्रगति विवरण र आगामी दिनको योजनाबारेमा बोल्नुभएको थियो ।
Leave a Reply