अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ललितपुर, २७ भदौ । छालिङ गुडीगाउँ खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिले चाँगुनारायण नपा कार्यालयसमेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा दायर मुद्दामा विपक्षीबाट सक्कल कागजात झिकाउन बुधबार इजलासले आदेश जारी गरेको छ । उच्च अदालतको आदेशबमोजिम विपक्षी चाँगुनारायण नपाले सम्बन्धित कागजातको नक्कलप्रति अदालतसमक्ष बुझाएको थियो । वादी छालिङ गुडीगाउँ खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिले खानेपानीको काम गरिरहेको स्थानमा चाँगुनारायण नपाले सोही स्थानमा सोही प्रयोजनको लागि अलग उपभोक्ता समिति गठन गरी बजेट विनियोजन गरी खानेपानीको काम गरे पछि उच्च अदालतमा मुद्दा दायर गरिएको थियो । बुधबारको इजलासमा न्यायधीश नरेन्द्रकुमार शिवाकोटी र बासुदेव आचार्यले मुद्दा हेर्नुभएको थियो ।
Leave a Reply